नहतारिनुस् न फाइनलमा भए पनि हाम्रा प्रधानमन्त्रीज्यूले समृद्धिको गोल हान्नुहुन्छ: रास्वपा सांसद राजवंशी

नहतारिनुस् न फाइनलमा भए पनि हाम्रा प्रधानमन्त्रीज्यूले समृद्धिको गोल हान्नुहुन्छ: रास्वपा सांसद राजवंशी
+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले अहिले तीन महिनामा नै केही पनि भएन भनेर धेरै नआत्ति प्रतिपक्षी दललाई आग्रह गर्दै अन्तिममा प्रधानमन्त्री बालेन्द्र शाहले समृद्धि ल्याउने बताएका छन्।

बुधबारको संसद बैठकमा बोल्दै उनले रास्वपाको टिम म्यानेजर रवि लामिछाने र टिम क्याप्टेन प्रधानमन्त्री वालेन्द्र शाह रहेको र अन्तिममा टिम क्याप्टेन शाहले सुशासन, समृद्धि र सामाजिक न्यायको गोल गरी छाड्ने दाबी गरे।

‘जसरी फुटबल खेलमा १०-२० मिनेटमा गोल भयो भएन वा फल भयो भएन भनेर नजिता आउँदै। त्यसका लागि ९० मिनेट पर्खनुपर्छ’, राजवंशीले भने ‘म भन्न चाहन्छु विपक्षी बेन्चमा बस्ने माननीयज्यूहरूलाई न हतारिनुस् न। फाइनल टाइममा भए पनि हाम्रा टिम क्याप्टेनले सुशासन, समृद्धि र सामाजिक न्यायको गोल ग्यारेन्टिका साथ हान्नुहुन्छ, ढुक्क हुनुहोस्। यो देशलाई जिताउन आएको टिम हो।’

उनले रास्वपा आफू जित्न नआएको र देश र जनतालाई जिताएरै छाड्ने बताए।

सरकार बनेको तीन महिना सकिएको र अझै ५७ महिना बाँकी रहेको भन्दै धैर्य गर्न उनको आग्रह छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…