हुम्ला – हुम्लाका अधिकांश महिला बाँको संकलनका लागि वनमा गएका छन्। उच्च लेकमा बाँक्रो राम्रो फलेको पाइने गरेपछि त्यसलाई सुकाएर तरकारीको रुपमा प्रयोग गर्न उनीहरू त्यसतर्फ जाने गरेका हुन्।
उच्च खर्कमा फल्ने बाँको संकलनका लागि महिला हिजोआज दैनिक जंगलतर्फ जाने गरेको खार्पुनाथ गाउँपालिका– ३ को रायाँ गाउँका टेकबहादुर बुढाले बताए।
बिहानै खाना बोकेर बाँको टिप्न जाने महिला दिनभर टिपेर बेलुका अवेर घर फर्कने काम हिजोआज दैनिकीजस्तै भएको छ।
उक्त गाउँका प्रत्येक घरधुरीबाट महिला बाँको टिप्न जाने गर्छन्। जंगलमा त्यतिकै उम्रेको बाँकोलाई यसरी टिपेर ल्याई घरमा सफा पानीले पखालेर सुकाउने गरिन्छ।
घाममा सुकाएपछि त्यसलाई बोरामा प्याक गरेर राख्ने र हिउँदमा हिरयो सागसव्जी नहुने बेला पकाएर खाने प्रचलन छ।
यो सागमा भिटामिन ए समेत पाइने भएकाले यसको महत्व रहेको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्।
भर्खरै
लोकप्रिय
