हुम्लाका तीन जना किसान पुरस्कृत

हुम्लाका तीन जना किसान पुरस्कृत
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाबाट तीन जना किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट किसान कार्यक्रम’ अन्तर्गत पुरस्कार प्रदान गरिएको छ।
  • तीन किसानलाई क्रमशः ३० हजार, २५ हजार, र २० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो।
  • पुरस्कारले किसानहरूलाई प्रोत्साहन दिँदै मूल्यांकन हुने परिपाटीले उनीहरूको काममा उत्साह थपेको छ।

हुम्ला – हुम्लाका तीन जना किसान पुरस्कृत भएका छन्। जिल्लाभरबाट ‘मुख्यमन्त्री उत्कृष्ट किसान कार्यक्रम’बाट तीन जना पुरस्कृत भएका हुन्।

कृषितर्फ काम गर्ने फर्म, ब्यक्तिगत र समूहगत रुपमा गरिएको अनुगमनका आधारमा तीन जना किसानलाई पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पोखरेलले जानकारी दिए।

पुरस्कृत हुने किसानमा सर्केगार्ड गाउँपालिका– ५ का ईशा कृषि, पशुपालन तथा मत्स्यपालन फर्मका धर्मजन शाही, सिमकोट गाउँपालिका– ५ को दिक्पाल तरकारी तथा उन्नत गाई पालन फर्मका धर्मराज रोकाया सोही गाउँपालिका– २ का बाग्जुर चिया तथा फलफुल नर्सरी फर्मका उजिर बोहरा छन्।

पुरस्कृत तीन जनालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ। उत्कृष्ट किसान तथा फर्म छनोटका आधारमा कृषकको फर्म अवलोकन, नवीनतम कृषि अभ्यास, कार्यालयसँगको प्राविधिक सरसल्लाह, विगतका वर्षका कार्यालयबाट पुरस्कार नपाएको रहेका छन्।

आफ्नो फर्म पुरस्कृत भएपछि किसान धर्मराज रोकायाले काम गर्न अझै प्रेरणा मिलेको बताए। काम गरेपछि मूल्यांकन हुने परिपाटीको विकासले किसानलाई काम गर्न थप हौसला मिल्ने किसानको भनाइ छ। उत्कृष्ट किसानलाई जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले पुरस्कार प्रदान गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…