गमगढी बजारमा किनमेल गर्नेको घुइँचो

गमगढी बजारमा किनमेल गर्नेको घुइँचो
oplus_8388608
+
-

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा किनमेल गर्ने सर्वसाधारणको उल्लेख्य भीड लागेको छ। वर्षभरि चाडपर्व बाहेक प्रायः सुनसान देखिने गमगढी बजार पछिल्ला दुई दिनदेखि भने निकै चहलपहलपूर्ण बनेको छ।

साउने सङ्क्रान्तिमा नयाँ लुगा लगाउने, मिठा परिकार बनाउने तथा परिवारसँग पर्व मनाउने परम्पराअनुसार जिल्लाका विभिन्न गाउँबाट सर्वसाधारण किनमेलका लागि गमगढी बजार पुगेका छन्। बजारमा कपडा, जुत्ता–चप्पल, खाद्यान्न, फलफूल, तरकारी, मासु, दूधजन्य सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नेको भीड देखिएको छ।

व्यापारीहरूका अनुसार सामान्य दिनको तुलनामा पछिल्ला दुई दिनमा ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको छ। आर्थिक मन्दीका कारण व्यापार सुस्त भए पनि साउने सङ्क्रान्तिले बजारमा केही उत्साह थपेको उनीहरूको भनाइ छ।

साउने सङ्क्रान्ति नेपाली समाजमा विशेष महत्वका साथ मनाइने पर्व हो। यस दिनदेखि साउन महिना औपचारिक रूपमा सुरु हुने, हरियो तरकारी तथा मौसमी परिकार खाने, धार्मिक आस्था अनुसार पूजा–आराधना गर्ने साँझ पख घरघरकाे छतमा झराकाे राँकाे बाल्ने चलन छ भने आफन्तसँग रमाइलो गर्ने परम्परा रहँदै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…