यतिबेला साइटमै समस्या छ, छिट्टै समाधान हुने नियन्त्रकको दाबी छ

भनाइमै सिमित टियुको अनलाइन सेवा: कहिले ह्याक भएर हैरान, कहिले ‘डबल पैसा’ काटेर

भनाइमै सिमित टियुको अनलाइन सेवा: कहिले ह्याक भएर हैरान, कहिले ‘डबल पैसा’ काटेर
+
-

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (टियु)ले विद्यार्थी र सेवाग्राहीको सहजताका लागि अनलाइन सेवा सञ्चालनमा ल्याएको ‍दाबी गरेपनि दाबी शब्दमै सिमित रहेको छ।

देशकै अग्रणी विश्वविद्यालयका रूपमा परिचित टियुले अब अनलाइन प्रणालीमार्फत नै विद्यार्थीको मार्कसिट, सर्टिफिकेटहरू उपलब्ध गराउने भनेपनि अनलाइन सेवामा सधैं समस्या देखिने भएकाले आफूहरू परीक्षा नियन्त्रण कार्यालय बल्खुनै धाउनुपर्ने बाध्यता रहेको विद्यार्थीहरूले गुनासो गरेका छन्।

विद्यार्थीको गुनासो अनलाइन सेवामा समस्या आएका कारण टियु धाउनुपर्ने बाध्यतामा मात्र होइन। अनलाइन समस्याका कारण आफूहरूको ‘दोब्बर’, ‘तेब्बर’ रकम काटिएकोमा पनि छ। परीक्षा फारम भर्न लाग्दा इरर आउने र पुन: प्रयास गर्दा रकम पनि पुन: काट्ने तर फिर्ता भने नआउने गरेको गुनासो अधिकांश विद्यार्थीको रहेको छ।

हाल टियुले सर्टिफिकेट मात्र नभएर विद्यार्थीको परीक्षा आवेदन फारम, दिक्षान्तको गाउनका लागि फारम पनि अनलाइनमै उपलब्ध गराउँदै आएको छ। तर, अनलाइन प्रभावकारी नभईदिँदा आफूहरूले तिर्नुपर्नेभन्दा बढी रकम काटिएको र रकम फिर्तासमेत नआएको विद्यार्थीहरूको गुनासो आएको हो। ‘मैले सेकेन्ड सेमेसटरको फारम भर्दा डबल पैसा काट्यो। फिर्ता गर्नका लागि टियु पुगेर जानकारी पनि गराएँ। केहीदिमा आउँछ भनेको थियो, अझै आएन। अब त आश पनि छैन,’ टियुअन्तर्गतको रत्नराज्यलक्ष्मी क्याम्पस भृकुटीमण्डपमा स्नातकोत्तर अध्ययनरत रवि अधिकारीले गुनासो गर्छन्।

अधिकारीका अनुसार परीक्षा फर्मका लागि १५ सय बुझाउनुपर्ने थियो। तर, इरर आएका कारण उनले तीन पटक पेमेन्ट अप्सनमा क्लिक गरे र ४५ सय रुपैयाँ काट्यो। ‘टियुमै पुगेर नाम लेखाउँदा पनि फिर्ता आएन। चार पटक धाउँदा उल्टै पैसा मात्र खर्च भयो अब त जानै छाडें,’ उनी भन्छन्।

उनीमात्र नभएर अनलाइनमार्फत फारम भरेका धेरैं विद्यार्थीको पैसा फिर्ता भएको छैन। टियु पुग्दा फिर्ता हुने आश्वासन मिल्छ। रजिस्टरमा दर्ता पनि गरिन्छ तर रकम भने फिर्ता आउँदैन।

यता, परीक्षा नियत्रन्त्रक पुष्पराज जोशीले भने प्राविधिक समस्याका कारण हालका लागि प्रभावकारी अनलाइन सेवा दिन नसकेको बताउँदै तत्काल आवश्यकता भएकाहरूले कार्यालयमै आएर सेवा लिन आग्रह गरेका छन्। साथै, उनले अबको केही दिनमा अवरुद्ध सेवा पुन:सुचारु हुने दाबीसमेत गरेका छन्।

टियुको अनलाइनमा आउने समस्या यो आजको मात्र होइन्। यसअघि पनि वेवसाइट नै ह्याक भइदिँदा सेवा अवरुद्ध मात्र होइन, विश्वविद्यालयको शाख र गोपनीयतामा समेत प्रश्न उठेको थियो।

के भयो टियुको अनलाइन सेवाको घोषणा?
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वर्षको माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायतका सबै कामको सेवा अनलाइनबाटै उपलब्ध गराउने घोषणा गरेको थियो। तर, वेवसाइटमा बार-बार समस्या आइरहँदा विद्यार्थीहरू मर्कामा परेका छन्।

यसअघि १६ वर्षीय एक किशोरले वेवसाइट ह्याक गर्दा लामो समयसम्म सेवा अवरुद्ध भएको थियो। साइबर ब्यूरोले ती किशोरलाई पक्राउ गरी अनुसन्धानसमेत थाल्यो। तर, वेवसाइटलाई सवल र प्रभावकारी बनाउनमा भने टियुले खासै प्रभावकारी कदम नचाल्दा आफूहरूलाई झनै समस्या भएको सेवाग्रहीको गुनासो रहेको छ।

टियुको वेवसाइटमा आएको समस्या ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?