भाइरल भएको एक साता पनि बित्न नपाउँदै अस्ताइन् ‘राधिका बादी’

भाइरल भएको एक साता पनि बित्न नपाउँदै अस्ताइन् ‘राधिका बादी’
+
-

‘दिलमा तिमी, तिमी नै आँखामा
तिम्रो माया छ मेरो नसा-नसामा, रगत-रगतमा…’

यतिबेला सामाजिक सञ्जालमा यो गीतको भिडियो नदेख्ने कमै प्रयोगकर्ता होलान्। मौलिक लय, निकै सामान्य पहिरन र प्रस्तुतिमा मादलको आकर्षक तालमा रमाइरहेकी बाजुराकी राधिका बादी र उनका जीवनसाथी जोग्गिरे बादीको यो जोडीको गीत र मादलको तालमा धेरैंले ताल मिलाए। अधिकांशले सेयर गरे, आफ्नो तस्बिर-भिडियो राखेर टिकटक अनि फेसबुकमा पनि पोष्ट्याए। भिडियो सञ्जालभरी छायो, भिडियोसँगै उनीहरूको प्रशंसा पनि जताततै फैलियो।

करिब एक साताअघि बाजुराको जुड्डीको एक सडकमा गीत गाइरहेको यो जोडीलाई समाजसेवी तथा पत्रकार प्रकाश सिंहले भिडियोमा कैद गरेका थिए। उनले भिडियोलाई टिकटकमा पोष्ट्याएपछि यो जोडीलाई धेरैंले रुचाए। त्यसपछि अन्य प्रयोगकर्ताहरूले पनि उनीहरूको भिडियो कैद गरी सञ्जालमा पोस्ट गर्न थाले। योसँगै उनीहरूको चर्चा झनै चुलियो। तर, संयोग चर्चा एक साता पनि चल्न नपाउँदै यो जोडीमाथि ठूलो बज्रपात आइलाग्यो।

रमाउँदै गीत गाएर मादल बजाउँदै सबैलाई मनोरञ्जन दिने राधिका अब कहिल्यै नफर्किने गरी अस्ताइन्। श्रीमान‍्सँग सडकमा गीत गाउँदै हिँड्ने राधिकाको ४२ वर्षको अल्पायुमै निधन भयो। ‘उहाँका श्रीमान् र प्रत्यक्षदर्शीका अनुसार उहाँले अलिक ज्यादा मदिरा सेवन गर्नुहुने रहेछ भन्ने थाहा भयो। सोही कारणले नै ज्यान गएको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता गोविन्द चौधरीले भने।

उसो त, उनीहरूले गाएर यतिबेला भाइरल भएको यो गीत अलिक पुरानो हो। सर्जक प्रलाद सुवेदीको शब्द सिर्जनामा गायिका विष्णु माझी र गायक कुलेन्द्र विकले स्वर भरेको यो गीत, पछिल्लो पुस्ता या भनौ ‘जिन-जी’ पुस्ताले खासै नसुनेको हुनसक्छ। तर, लामो समयपछि राधिका दम्पतीले गीतलाई पुनर्जिवित गरे। तर, उक्त गीतलाई पुनर्जीवित गर्ने राधिका जीवित नभएको यो खबरले धेरैंलाई दुखित् तुल्याएको छ। उसो छ उनीहरूले सडकमा अरुपनि गीत गाएका छन्। तर, ज्यादा चर्चा यहीँ गीतले पाएको छ।

हुन त, पछिल्लो समय भाइरल भएकाहरूको सामाजिक जीवन त्यति दीर्घकालीन हुन नसकेको यथार्थ हामीमाँझ ताजै छ। बाल गायकको रूपमा निकै चर्चा पाएका सचिन परियार हुन् या भेलु बाजे, चर्चाको उचाईमा पुगेर त्यसले निरन्तरता पाउन नसक्दा उनीहरूको सामाजिक जीवन मात्र नभएर प्राण नै सकियो। तर, उनीहरूले जस्तै चर्चाको भोग गर्नसम्म पनि गर्न नपाउँदै अस्ताइन् ‘राधिका दिदी’।

कालिकोटको पचालझरना गाउँपालिका- ४ स्थित सन्दीप होटेलको कटेजमा उनको आज आइतबार बिहान निधन भएको हो। साँझ त्यहीँ होटलको कटेजमा श्रीमान‍सँगै बास बसेकी उनी बिहान मृत फेला गरिन्।

उनीहरूको घर बाजुरा बडीमालिका- २ जगेडामा हो। प्रहरीका अनुसार उनीहरूका कुनै सन्तान छैनन्। लामो समयदेखि सडकमै गीत गाउँदै बास माग्दै हिँड्थे, उनीहरू। बासको कुनै स्थायी ठेगान नभएका उनीहरू गीत गाउँदै हिँड्दा जहाँ रात पर्छ त्यहीँ बस्थे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?