‘सितारा’ बनेका अन्तिम कलाकार शाहरुख खान

‘सितारा’ बनेका अन्तिम कलाकार शाहरुख खान
+
-
देशसञ्चार AI सारांश
  • अभिनेता शाहरुख खानले ६० वर्षको उमेरमा आफ्नो जीवनको तीन दशक सिनेमा क्षेत्रमा बिताएका छन्।
  • बलिउडको किङ भनेर चिनिने शाहरुखको नयाँ चलचित्र ‘किङ’को टिजर उनी ६० वर्ष पुगेको दिनमै सार्वजनिक गरियो।
  • शाहरुखले स्टार युग अन्त्यतर्फ अघि बढेको बताउँदै बलिउडमा नयाँ कलाकारहरु पनि राम्रो प्रदर्शन गरिरहेको उल्लेख गरे।

चलचित्र जगतका मानिसहरुले अक्सर सबैभन्दा धेरै नाम कमाइरहेका हुन्छन्। उनीहरुको जीवनलाई पर्दामा देखिने उनीहरुसँग आम दर्शकहरुले सधैँजस्तो तुलना गरेर हिँड्छन्। त्यसैले त पर्दामा हिरो पात्र वास्तविक जीवनमा पनि हिरो बन्ने यात्रामा जीवनकालभरि अनवरत रुपमा लागिरहेका हुन्छन्। उनीहरुको जीवन हामीले सोचेझै सधैँ रंगीन त नहुँदो हो, पर्दामा २० जनासँग एक्लो योद्धा बनेर लागिपर्ने र जीत हासिल गर्ने नायक पात्र वास्तिविक जीवनसँग अनेक हन्डर खान्छ नै। तर पनि हामीले उनीहरुमाथि थुपार्ने यो हिरो ट्याग जब पर्दाबाट बाहिर यर्थाथसम्म आइपुग्छ, यसले उनीहरुको व्यक्तिगत जीवन माथि असर पार्ने गर्छ। सामान्य रुपमा हिँडडुल गर्न, पारिवारिक समय बिताउन पनि ठुलो समूहको भीडले सार्वजनिक स्थलमा सम्भव नै हुँदैन । तर, यो सबै मन्जुर भएर नै म कलाकार भएको हो र हिरो भएको बताउँछन् अभिनेता शाहरुख खान।

आज नोभेम्बर २ मा अभिनेता शाहरुख खान ६० वर्ष पुगेका छन्। उनको ६० वर्षको जीवनकालमा उनले झन्डै ३ दशक जस्तो समय चलचित्र क्षेत्रमा बिताएर आफूलाई सितारा अर्थात् स्टार बनाएका हुन्। कुनै बेला अनुपम खेरको कार्यक्रम ‘द अनुपम खेर शो’मा शाहरुखले भनेका थिए- आइ एम द लास्ट अफ स्टार।

शाहरुखको जन्मदिनको अवसर पारेर उनको आउँदै गरेको चलचित्र ‘किङ’ को टिजर आज सार्वजनिक पनि गरिएको छ । बलिउडको किङ भएका शाहरुखको चलचित्र ‘किङ’ले दर्शकका लागि के लिएर आउने छ, हामी सबै पखाईमा छौँ ।

यो उनको अभिमानीपूर्ण अभिव्यक्ति थियो भनेर धेरैले आलोचना गरे पनि उनले चलचित्र क्षेत्रमा अब नायक, कलाकारको सिल्सिला क्रमबद्ध ढंंगले बढ्दै जाने भए पनि सितारा अर्थात् स्टारको रुपमा कलाकारलाई हेर्ने युगको अन्तय हुँदै गएको जिकिर खास गरेका हुन्। त्यसैले पनि आज बलिउडको ठुलो बजार जसलाई उद्योगको रुपमा नै लिइन्छ, त्यसले उनी पछि कुनै स्टार नै जन्माएको प्रत्याभुति हुँदैन पनि। राजेश खन्ना, अभिताभ बच्चन जुन बेला चलचित्रका नायक थिए उनीहरुलाई स्टारको रुपमा नै हेरिन्थ्यो तर अब त्यो परम्पराको अनौपचारिक अन्त्य भएको अनुभुति हुन्छ।

शाहरुखका समकालीनहरु सलमान, आमिरको ठुलो प्रशंसक संख्या छन्। उनीहरुका चलचित्रले उद्योगमा तहल्का मचाएका छन्। यो पुस्ता अब जीवनको ६० औँ बसन्ततिर आइरहँदा तीन खानको विरासत अरुले लिन सके त? यो आफैँमा एउटा प्रश्न पनि हो। सायद एकल आडमा सिनेमा हाँक्ने त्यो युगको अन्त्य भयो। तर, अहिले पनि यी तीन पात्रहरु चलचित्र क्षेत्रमा क्रियाशील छन् तर आफु सँगै यिनीहरुले लिएर जाने छन्, ‘सितारा’ शव्दको अर्थ पनि । त्यसैले शाहरुखको भनाइलाई अभिमानीपूर्ण रुपमा भन्दा पनि एउटा युगको अन्तय भएको संज्ञाको रुपमा हेर्दा बढी जायज हुन्छ।

कथाबस्तु, निर्देशन र कलाकारिताकै आडमा नै चलचित्र राम्रो हुन्छ भन्ने कृुरामा कुनै द्विविधा छैन तर एउटा युग यस्तो थियो जसमा माथि उल्लेखित पात्रहरुको अनुहारकै आधारमा निर्माताहरु एकबद्ध भएर लगानी गर्न डराउँदैन थिए। यद्यपि, हाल भने शाहरुखलाई नै पनि थाहा छ सम्पूर्ण हिसाबले परिपक्व नभई अब उनकै सिनेमा पनि चल्ने छैन किनभने यस्को शिकार शाहरुख आफैँ पनि कुनै बेला परेका हुन् जब उनका चलचित्रहरु चलेनन् लगातार अनि उनले सानो विश्राम पनि लिए। तर पठानबाट भएको उनको पुनर्उदय पछि भने फर्केर हेर्नु पर्ने अवस्था आएको छैन। कलाकारिताको यात्रामा बलिउडमा निकै नयाँ अनुहारहरुले आफूलाई स्थापित पार्ने क्रम जारी छ र निकै उम्दा गरि पनि रहेका छन्। यी दमदार कथाबस्तु, निर्देशन र अभिनयकै फल हो ।

तथापि, शाहरुखको जन्मदिनको अवसर पारेर उनको आउँदै गरेको चलचित्र ‘किङ’ को टिजर आज सार्वजनिक पनि गरिएको छ । बलिउडको किङ भएका शाहरुखको चलचित्र ‘किङ’ले दर्शकका लागि के लिएर आउने छ, हामी सबै पखाईमा छौँ । उनलाई जन्मदिनको शुभकामना।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’