- चार वर्षअघि सम्झौता भएको कर्णाली करिडोरको खार्पुमा मोटरेवल पुल निर्माण कार्यले तीव्रता पाएको छ।
- तातोपानीको कारण एक वर्ष अवरुद्ध भए पनि अहिले स्टिल पार्टको जडान कार्य सकेको बताइएको छ।
- पचपन्न मिटर लम्बाइमा निर्माणाधीन पुलको आर्थिक प्रगति २०%, भौतिक प्रगति भने ५०% पुगेको छ।
हुम्ला – सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमाथि स्टिल ट्रष्ट मोटरेवल पुलको काम धमाधम भइरहेको छ।
हिल्सा सिमकोट सडक योजनाको बारम्बारको ताकेता पछि आगामी जेठ मसान्तसम्म सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपछि निर्माण कम्पनीले पुल निर्माणको कामलाई तीव्रता दिएकाे हो।
हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीलका अनुसार सो पुल निर्माणको काम चार वर्ष अघि सुरु गर्ने गरि निर्माण कम्पनी स्वच्छन्द माउण्ट पुमरी जेभी नुवाकोटसंग कार्यालयले सम्झौता गरेको भएपनि यतिबेला आएर कामले तीब्रता पाएको हो।
कम्पनीसंग २०७८ साल असोज १४ गते योजनाले सम्झौता गरेको थियो। त्यतिबेला काम सुरु भएपछि पुर्वपट्टीको भागमा तातोपानी निस्किएपछि एक वर्ष काम रोक्नु परेको थियो। पछि मोटरबाट तातोपानी तानेर फाल्दै पुलको संरचना निर्माण कार्य सुस्त गतिमा भएको भएपनि यसवर्षबाट भने कामले तीव्रता पाएको उनले बताए।
हाल पुलको दुवैतर्फका संरचना निर्माण भई सकेको र पुलका लागि आवश्यक पर्ने स्टिल पार्टका सामान पनि पुल निर्माण स्थलमा ढुवानी भएर आई पुगेको उनले बताएका छन। नदीको कटानबाट पुललाई जोगाउनका लागि दुवैतर्फ ग्याविन लगाउने कार्य पनि भई सकेको बताउदै उनले निर्माण कम्पनीले बिहानदेखि बेलुका साँझ नपरुन्जेलसम्म काम धमाधम गरि रहेको ाउनुभयो जानकारी दिए।
त्यसैगरी पुलको दुवैतर्फ स्टिल पार्टको जडान कार्य पनि भई सकेको छ। अब पुलको स्टिल पार्टको जडान कार्य मात्र बाँकी रहेको बताउदै प्रमुख नेपालीले आगामी जेठ मसान्तसम्म सक्ने काम भई रहेको बताए। पचपन्न मिटर लम्बाई र दश मिटर चौढाई भएको सो पुल निर्माणका लागि योबिचमा २०८० साल असोज ६ गत म्याद थप गरिएको थियो। पुल निर्माणका लागि कुल लागत एघार करोड ८३ लाख ९४ हजार ५०८ दशमलव ५२ रुपियाँमा कार्यालयले निर्माण कम्पनीसंग सम्झौता गरेकोमा हालसम्म बीस प्रतिशत मात्र बित्तिय प्रगति भएको छ। यता भौतिक प्रगति भने पचास प्रतिशत पुगेको छ।
भर्खरै
लोकप्रिय
