चीनमा गम्भीर मौसम चेतावनी जारी

चीनमा गम्भीर मौसम चेतावनी जारी
+
-

चीनको मौसम विज्ञान विभागले सोमबार भारी वर्षा, चुनौतीपूर्ण मौसम र बाक्लो कुहिरोको चेतावनी जारी गर्दै आँधी बेहरीले देशको दक्षिणी क्षेत्रमा असर गरिरहेको जनाएको छ।

मौसम पूर्वानुमानका अनुसार सोमबार देखि मङ्गलबार सम्म, चीनका केही भाग, याङ्जी नदीको दक्षिणका क्षेत्रहरूमा असिनापानी सहित गम्भीर मौसमीको प्रकोपको सम्भावना रहेको छ।

विशेष गरी चीनको हुनान, जियाङ्सी, गुइझोउ र गुआङडोङका केही भागका विभिन्न स्थानमा आँधी–बेहरी आउन सक्ने पूर्वानुमान गरिएको छ।

दक्षिण चीनको गुआङ्सी, गुआङ्डोङ, दक्षिणी हुनान, दक्षिणी जियाङ्सी, पश्चिमी फुजियान, दक्षिणी चोङ्खिङ र उत्तरी गुइझोउ जस्ता क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसै बीच सोमबार बाक्लो कुहिरोको कारण मध्य हुनान, उत्तर–मध्य जियाङसी, पूर्वी चीनको दक्षिणी झेजियाङ, उत्तर–मध्य फुजियान र उत्तरी गुआङसी प्रभावित छन्, भने केही स्थानहरूमा दृश्यता २०० मिटर भन्दा कम भएको जनाइएको छ।

बासिन्दाहरूलाई यातायात, कृषि र सवारी आवागमनमा मौसमी प्रभावको विरुद्ध सावधानी अपनाउन र आकस्मिक बाढी– पहिरो जन्य प्रकोपप्रति सतर्क रहन सल्लाह सझाव दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…