काठमाडौँ– नेकपा एमालेको संसदीय दलको नेताको चयन निर्वाचनबाट हुने भएको छ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता प्रस्तावित गरिए पनि युवा सांसद् सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचन हुने भएको हो।
एमाले पार्टी कार्यालय च्यासलमा भएको एमाले संसदीय दलको बैठकमा नेम्वाङले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने दाबी गरेका हुन्।
नेम्वाङले परिस्थिति बदलिएको भन्दै युवा सहभागिताका लागि पनि आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने दाबी गरेको एक नेताले जानकारी दिए।
पार्टीले सर्वसम्मतरुपमा बादललाई संसदीय दलको नेता बनाउन अघि सारेको भए पनि नेम्वाङले भने संसदीय दलका नेता चयनका लागि निर्वाचन गराउनसमेत माग गरेका छन्।
सोहीअनुसार एमाले संसदीय दलको नेता निर्वाचनबाट चयन हुने भएको हो।
नेम्वाङ इलाम २ बाट निर्वाचित सांसद हुन्। बादल समानुपातिकतर्फबाट सांसद बनेका थिए।
भर्खरै
लोकप्रिय
