कोदोको उचित मूल्य नपाएपछि वैकल्पिक खेतीतर्फ आकर्षण

कोदोको उचित मूल्य नपाएपछि वैकल्पिक खेतीतर्फ आकर्षण
+
-
देशसञ्चार AI सारांश
  • मुगुका कृषकहरू उचित मूल्य नपाउँदा कोदो खेती छोडेर वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
  • बढ्दो मागका बाबजुद, व्यापारीहरूले उचित मूल्य नदिँदा कोदो उत्पादनबाट लागत उठाउन कठिनाइ भएको गुनासो छ।
  • राम्राे उत्पादन हुँदा पनि उचित मूल्य हाेइन सामस्या काे समाधान नभए परम्परादको संरक्षणमा चुनौती थपिनेछ।

मुगु – पछिल्लो समय कोदोको माग बजारमा बढ्दै गए पनि उचित मूल्य नपाउँदा मुगुका चारवटै स्थानीय तहका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदो अहिले पनि प्रशस्त उत्पादन भइरहे पनि बजार मूल्य सन्तोषजनक नहुँदा किसान निराश बनेका हुन्।

छायाँनाथरारा नगरपालिका वडा नं. ७ टोप्लाका कृषक बाँचुदेबी शाहीका अनुसार पहिलेको तुलनामा कोदोको माग त बढेको छ, तर मूल्य भने घट्दो क्रममा रहेको छ।

उनले भनिन, “कोदो स्वास्थ्यका लागि राम्रो भनेर माग बढ्दै गएको छ, तर व्यापारीहरूले उचित मूल्य नदिँदा लागत पनि उठाउन गाह्रो भइरहेको छ। त्यसैले अब हामी अन्य बालीतर्फ ध्यान दिन बाध्य भएका छौं।”

यस्तै, सोही नगरपालिका वडा नं. १ का कृषक धनबहादुर मल्लले पनि कोदो खेतीबाट अपेक्षित आम्दानी नभएको गुनासो गरेका छन्। हाल स्थानिय स्तरमा प्रति पाथी रू ६० रूपयाँमा काेदाेकाे स्थानिय मूल्य कायम गरिएकाे छ , त्यसलेत लागत पनि उठ्न गाराे हुने गरेकाे छ” उनले भनेका छन् ।, “हामीले मेहनत गरेर कोदो उत्पादन गर्छौं, तर ब्यापारीहरू काेदाे खरिद गर्नका लागि गाउँमै आउँदा निकै सस्तोमा दिनुपर्छ। यसरी खेती गरेर घर चलाउन गाह्रो भएपछि अहिले केही किसानले तरकारी, मकै, उवा, फापर तथा अन्य नगदे बालीतर्फ ध्यान दिन थालेका छन्।”

स्थानीय स्तरमा कोदोको उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा समस्या रहेको कृषकहरूको भनाइ छ। उचित मूल्य नपाउँदा खेतीप्रति आकर्षण घट्दै गएको र यसले परम्परागत बाली संरक्षणमा समेत चुनौती थपिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…