‘साना फिल्म पनि फेस्टिवलमार्फत हलमा चल्नुपर्छ’

‘साना फिल्म पनि फेस्टिवलमार्फत हलमा चल्नुपर्छ’
+
-
देशसञ्चार AI सारांश
  • क्युएफएक्स मल्टिप्लेक्स चेनले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवजस्ता फेस्टिवलहरूमा सहभागिता जनाइरहेको चार वर्ष भयो।
  • फेस्टिवलका लागि क्युएफएक्सले टिकट शुल्क कम गरी, केवल १५० रुपैयाँमा फिल्म हेर्नको सुविधा प्रदान गरेको छ।
  • साना फिल्म फेस्टिवलमार्फत सिनेमा हलमा प्रदर्शन गरिनुपर्छ भन्ने सोचले क्युएफएक्ससँग सहकार्य गरिएको हो।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी महाप्रबन्धक हुन् तृप्ति गिरी। पछिल्लो समय क्युएफएक्स हलमा सिनेमा प्रदर्शन मात्रै गरिरहेको छैन सिनेमालाई व्यवसायिक तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन विभिन्न फेस्टिवलसँग सहकार्य पनि गर्दै आइरहेको छ। त्यसकै उदाहारण हो, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)। आज अप्रेल २ बाट सुरू हुने निफको भेन्यु पार्टनरका रूपमा जोडिएको क्युएफएक्स र निफका बारेमा गिरीसँग देश सञ्चारका लागि गरिएको कुराकानी :

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)सँगको सहकार्य कति भयो?

क्युएफएक्स भेनु पार्टनरको रूपमा जीडिएको चौथो वर्ष भयो। सुरूवातमा हामीले चारवटा हल उपलब्ध गराएको थियौँ। अहिले हामीले छाया सेन्टर र सिभिल मलमा हल उपलब्ध गराएका छौँ। उद्घाटनका लागि हामीले बिग हल प्रोभाइड गरेका छौँ भने बाँकी पाँच दिनसम्मका लागि सिभिलको सानो हल उपलब्ध गराएका छौँ।

फेष्टबलमा आउने दर्शकका लागि टिकट शुल्क लाग्छ?

टिकट लाग्छ तर धेरै कम। जस्तै क्युएफएक्सको टिकट शुल्क ३ सय ५० माथि छ तर हामीले फेष्टिबलमा प्रदर्शन हुने फिल्म हेर्न आउने दर्शकका लागि जम्मा १ सय ५० रुपैयाँमा टिकट राखेका छौँ।

निफमा जोडिनु पर्छ भन्ने किन लाग्यो?

विश्वमा थुप्रै फिल्म फेस्टिबलहरू थिएटर घरमा हुने गरेको छ। नेपालमा यसको सुरूवात निफले गर्‍यो र हामी यसमा जोडिन पायौँ। सिनेमा घरमा व्यवसायिक रूपमा चल्न नसकेका फिल्महरू जस्तै शर्ट फिल्म, डकुमेन्ट्रीहरू फेस्टिवलमार्फत हलमा चल्नु पर्छ भन्ने हो। साना फिल्महरू हलमा लाग्दा त्यसको क्वालिटीको बारेमा थाहा हुने र हलमा लाग्ने कल्चरको विकासको सम्भावना ल्याउने कोसिसले पनि हामी जोडिएका छौँ।

व्यावसायिक रूपमा चल्दै आएको सिनेमा हललाई फेष्टिबलसँग जोडिँदाको जोखिम कत्तिको हुन्छ?

सिनेमा हलका लागे अहिले चारैतिरबाट जोखिम छ। जेन-जी आन्दोलन त्यसपछि लगतै चुनावले हाम्रा फिल्म चल्न पाएनन्। अहिले धुरन्धर-२ चलिरहेको छ। त्यसैले फेस्टिवलसँग जोडिँदैमा व्यवासयिक घाटा हुन्छ भनेर पछाडि हट्ने कुरा हुँदैन। निजी क्षेत्रबाट भएका यस्ता फिल्म फेस्टिवलले हलहरु जोडिँनुपर्छ। कुनै न कुनै भूमिकामार्फत हामी जोडिन पायौँ। अर्को कुरा डकुमेन्ट्री तथा शर्ट फिल्म र कयौँ सामाजिक विषयमा बनेका फिल्मले हल पाउँदैन। यस्तो बेला फेस्टिवलमार्फत शो उपलब्ध गराउनु हाम्रो हलवालाहरूको दायित्व पनि हो।

व्यवासायिक फिल्मभन्दा फरक जनराका फिल्मले हलमा शो कहिले पाउन सक्ला?

नेपालमा कमर्सियल फिल्मले मात्रै हल शो पाउने संस्कारलाई भत्काउन सघाउने भनेकै फेस्टिवलहरू हो। जस्तै निफ, किम्फ, साउथ एसियन तथा नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म फेस्टिवलहरुले राम्रा-राम्रा फिल्म दर्शकलाई देखाउनु भएको छ। ती फिल्मले विश्वको मन जितेको छ। अब हल सञ्चालनमा धेरै कुराहरू जोडिने भएकाले कमर्सियल फिल्म प्राथिमकतामा पर्ने गरेको हो तर राम्रा डकुमेन्ट्री हलमा लागेको उदाहारण छन्। जस्तै ढोरपाटन अर्थात अंग्रेजीमा ‘नो विन्टर होलिडेज’ले हलमै राम्रै लाग्यो। दर्शकको मन जित्यो।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…