सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुनेछः महावीर पुन

सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा पनि निष्पक्ष हुनेछः महावीर पुन
+
-

काठमाडौँ – स्वतन्त्र सांसद महावीर पुनले संसद्‌मा आफ्नो भूमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन्।

बिहीबार संसद्को पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताए। उनले संसद्‌मा आफू अरु सांसदभन्दा फरक रहेको बताए।

बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको उनको भनाइ छ। उनले आफू कहिल्यै सांसद हुने कल्पना नगरे पनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताए।

उनले भने, ‘म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु। किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ। काम गर्ने तरिका पनि फरक छ, सबै कुरा फरक छ। म प्रायः सबैसँग मिल्दिनँ। म आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भनेर भन्न चाहन्छु। म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छु। म राजनीति गर्ने राजनितिज्ञ होइन। म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्षभन्दा पनि निष्पक्ष हुनेछ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…