सिकाइ प्रभावकारी बनाउन शिक्षकलाई तालिम

सिकाइ प्रभावकारी बनाउन शिक्षकलाई तालिम
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाका उत्तरी क्षेत्रका एघार विद्यालयमा शैक्षणिक सुधार कार्यक्रम लागू गर्दै ४८ शिक्षकलाई दश दिने तालिम प्रदान गरियो।
  • तालिममा शिक्षकहरुले सिकेका क्रियाकलाप विद्यालयमा लागू गरी कार्यान्वयनको सफलता सुनिश्चित गर्ने प्रयास गरिने छ।
  • आधार विकास नेपालको सहयोगमा विभिन्न विद्यालयमा लागू भएको कार्यक्रमले कक्षा सुधार र शिक्षणमा प्रभावकारीताको आशा गरिएको छ।

हुम्ला – हिमाली जिल्ला हुम्लाका उत्तरी क्षेत्रका विद्यालयमा शैक्षणिक सुधार कार्यक्रमका लागि शिक्षकलाई तालिम प्रदान गरिएको छ। शिक्षण सिकाई प्रभावकारी बनाउनका लागि विद्यालयमा उक्त कार्यक्रम लागु गरिएको हो।

दुई वटा गाउँपालिकाका एघार वटा विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाउन कार्यतालिका सहितको शैक्षणिक सुधार कार्यक्रम लागु गरि शिक्षकलाई तालिम प्रदान गरिएको छ। बिगत लामो समयदेखि जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार बिकास नेपालको आर्थिक सहयोगमा यो कार्यक्रम यसै शैक्षिक सत्रबाट लागु गरिएको हो।

हालको शिक्षण सिकाईमा सुधार ल्याउनका लागि शिक्षकलाई तालिम प्रदान गरेर यो कार्यक्रम लागु गरिएकोले अब शिक्षक सिकाई प्रभावकारी हुने बिस्वास गरिएको छ। कार्यक्रम लागु गरेर मात्र नभई त्यसको सफल तथा प्रभावकारी कार्यान्वयनका लागि सिमकोट र नाम्खा गाउँपालिकाका ४८ जना शिक्षकलाई दश दिने तालिम समेत यो कार्यक्रमका बिज्ञहरुबाट प्रदान गरिएको आधार बिकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। तालिममा सिकेका तरिका अब शिक्षकले कक्षा कोठामा लागु गर्ने उनको भनाई छ।

खाली पाठ पढ्ने भन्दा पनि पाठ्यक्रमका आधार शिक्षण सिकाईका कृयाक्लापहरु कक्षा कोठामा शिक्षकबाट तयार पारे प्रस्तुती गरेर पठनपाठन सुरु हुने हुनेछ। यो तालिममा शिक्षकहरुले सिकेका कुराहरुको विद्यालयगत रुपमा प्रस्तुती तयार पारेर प्रर्दशनी समेत गरिएको थियो। यो तालिम जिल्ला बाहिरबाट आएर चार जना विज्ञहरुबाट सहजिकरण गरिएको थियो।

यो कार्यक्रम सिमकोट गाउँपालिकाकाका सात वटा विद्यालयहरु कैलाश मावि डाँडाफया, सर्किदेउ आवि टुलिङ, बलभद्र आवि साँता, सैपाल हिमाल मावि स्याँडा, कान्ती आवि खोल्सी, दोभान आवि धारापोरी र कर्णाली मावि चौगानफयामा लागु भएको छ भने नाम्खा गाउँपालिकाका तातोपानी आवि केर्मी, महावौद्ध मावि याल्वाङ र सुनखानी आवि हल्जीमा पनि यो कार्यक्रम लागु गरिएको छ। यीनै विद्यालयका शिक्षकलाई आधारभूत बालमैत्री शैक्षिणिक तालिम प्रदान गरिएको हो।

सिमकोट गाउँपालिकाका चार वटा विद्यालयहरु बालमन्दिर मावि, रलिङ मावि, रामदेव मावि र पञ्चमुखी आविका एक एक जना शिक्षकलाई सहजकर्ताका रुपमा यो तालिममा सहभागिता गराएर कार्यक्रमको सिकाई बारे जानकारी दिने काम भएको छ। यो कार्यक्रम लागु भएर कार्यान्वयन अघि शिक्षकलाई तालिम समेत प्रदान गरिएकोले अब यसबाट कक्षा सुधार र शिक्षण सुधार हुने बिस्वास गरिएको आधार बिकास नेपालका शिक्षा प्रमुख डिल्ली प्रसाद डोटेलले बताए। साथै कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन समेत गरिने उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…