काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप सरल, सहज र पारदर्शी बनाउन कडा निर्देशन दिएको छ।
मन्त्री सुनिल लम्सालको सक्रियतामा जारी गरिएको विज्ञप्ति अनुसार सेवा प्रवाहको प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली र बिचौलियाको संलग्नतालाई पूर्ण रूपमा निषेध गरिएको छ।
मन्त्रालयले सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने जुनसुकै कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारेको छ।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै नागरिकलाई सुशासनको अनुभूति दिलाउन मन्त्रालयले यस्तो कदम चालेको हो र यसको पालना नगर्ने उपर कडा निगरानी गरिने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराइएको छ।
मन्त्री लम्सालले कार्यालयभित्र कुनै बिचौलया भेटिए त्यसको जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने चेतावनी पनि दिएका छन्।
भर्खरै
लोकप्रिय
