फेवाताल जग्गा विवादमा गृहमन्त्री गुरूङ भन्छन्,‘ठगियौं, अब कानुनी उपचार खोज्छौं’

फेवाताल जग्गा विवादमा गृहमन्त्री गुरूङ भन्छन्,‘ठगियौं, अब कानुनी उपचार खोज्छौं’
+
-

काठमाडौँ- फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङले आफू ठगिएको दाबी गर्दै कानुनी प्रक्रियामा जाने बताएका छन्।

पोखरा महानगरका मेयर धनराज आचार्यले फेवातालको मापदण्डभित्र पर्ने क्षेत्रमा गुरूङको २० रोपनी जग्गा रहेको विषय सार्वजनिक गरेपछि विवाद चर्किएको हो।

यता, गृहमन्त्री गुरूङले भने उक्त जग्गा आफ्नो नभई व्यवसायका लागि भाडामा लिएको स्पष्ट पारेका छन्। जग्गाधनीले उक्त जग्गा तालको ६५ मिटर मापदण्डभित्र पर्छ भन्ने तथ्य लुकाएर झुक्याएको उनको भनाइ छ। यो कुरा पछि मात्र थाहा पाएपछि आफूले तत्कालै निर्माण र लगानी रोकेको उनले जनाएका छन्।

उनका अनुसार, करिब ८-१० वर्षअघि आफू सहित तीन युवा उद्यमीले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले सो जग्गा भाडामा लिएका थिए। त्यतिबेला जग्गाधनीले मापदण्डबाहिर रहेको भन्दै विश्वास दिलाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा मापदण्डभित्र पर्ने देखिएको हो।

गुरूङले आफूहरूमाथि अन्याय भएको भन्दै दोषीमाथि कडा कानुनी कारबाहीका लागि अगाडि बढ्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…