आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्थाअनुसार तयार गर्छौँ: मुख्यमन्त्री आचार्य

आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्थाअनुसार तयार गर्छौँ: मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था र परियोजनाको आवश्यकता अनुसार तयार गरिने बताएका छन्।
  • योजनाहरू योजना बैंकमार्फत छनोट गरिने र त्यसका लागि प्रणालीगत सुधारको आवश्यकता रहेको उनले उल्लेख गरे।
  • बजेटको भाषा, संरचना, प्रभाव बुझ्न पिबिओ स्थापना गर्दै वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने सुझाव दिइयो।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताएका छन् ।

सोमबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे पनि प्राविधिक कारणले त्रुटि भयो, अबको बजेट वास्तविकतामा आधारित हुनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।

उनले आयोजना बैंकमार्फत सिफारिस भएका योजनामात्रै बजेटमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । योजना छनोटमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले योजना बैंकमार्फत योजना छनोट गर्ने परिपाटी विकास गरिने बताए ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले बजेट तर्जुमा प्रक्रियालाई वस्तुगत र प्रभावकारी बनाउन पहल भइरहेको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, उपसचिव लोकमणी पाण्डे तथा अर्थशास्त्री एवं पूर्व योजना आयोग सदस्य डा. सुदनकुमार वलीले बजेट प्रणाली, चुनौती र सुधारका उपायबारे प्रस्तुति दिए ।

छलफलमा संसदीय बजेट कार्यालय (पिबिओ) स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ । बजेटको भाषा, संरचना, प्रभाव र औचित्य बुझ्न प्रदेश सभा सदस्यलाई सहयोग गर्ने संयन्त्रका रूपमा (पिओबी) लाई प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बजेट विश्लेषण तथा निगरानी संयन्त्रलाई संस्थागत गर्ने, वित्तीय पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने, बजेट अनुशासन सुधार गर्ने जस्ता नीतिगत सुझावहरू प्रस्तुत गरिएको थियो ।

साथै लैङ्गिक तथा सामाजिक समावेशीता, जलवायु उत्तरदायित्व, वित्तीय समन्वय, तथ्याङ्क प्रणाली तथा बजेट साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…