स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारलाई नेकपाको सुझाव

स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारलाई नेकपाको सुझाव
+
-
देशसञ्चार AI सारांश
  • सांसद युवराज दुलालले सरकारलाई स्टन्टको सट्टा संविधानको दिशानिर्देशमा आधारित काममा ध्यान दिन सुझाव दिए।
  • उनले जेन–जी पुस्ताले व्यवस्थाको विरुद्ध नभई अवस्थाका विकृति, विसंगति, र भ्रष्टाचारविरुद्ध विद्रोह गरेको स्मरण गराए।
  • सरकार फेरि पनि स्टन्टमा अलमलिंदै गएमा नवयुवाहरुको भावना सम्बोधन गर्न नसकिने चेतावनी उनले दिए।

काठमाडौँ – नेकपाका सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारलाई सुझाव दिएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले जेन–जी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराएका हुन्।

उनले सरकारलाई संविधान पढ्न समेत सुझाए दिए। दुलालले संविधानले समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान जानुपर्ने उल्लेख गरे।

‘युवाहरुले यो व्यवस्थाका विरुद्ध संघर्ष गरेका थिएनन्। हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए । यसमा मौलाउँदै गरेको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा संघर्ष गरेका थिए । नवयुवाहरुले आम नागरिकको भावनाको समेत प्रतिनिधित्व गर्ने गरेर विद्रोह गरेका थिए । त्यसकारण म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहान्छु भने सरकारले यो संविधान पढोस्, दुलालले अगाडि भने,

‘समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । यदि त्यसो ग¥यौं भने फेरि हामीले नवयुवाहरुको भावनालाई सम्बोधन गर्न सक्दैनौँ।’

सरकारले विगतमाजस्तै स्टन्ट गर्दै गए जेन–जी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…