हुम्ला – स्वास्थ्य दर्पण राष्ट्रिय अवार्ड २०८२ बाट स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख विशेषज्ञ चिकित्सक उमाकान्त तिवारी सम्मानित भएका छन्। कर्णाली लगाएत दुर्गम क्षेत्रमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनी सो अवार्डबाट सम्मानीत भएका हुन्।
जुम्ला जिल्लाको सिंजा गाउँपालिका– २ मा जन्मिएका विशेषज्ञ चिकित्सक तिवारी स्वास्थ्य दर्पण राष्ट्रिय अवार्डबाट सम्मानीत भएका हुन। दुर्गम तथा हिमाली हुम्ला जिल्लालगायत जिल्लामा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण र अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई स्वास्थय दर्पण मिडिया नेटवर्क प्रालिले यसवर्ष सम्मान गरेको हो।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर र मुल्याङ्कन गरेर प्रालिको दर्शौ बार्षिक उत्सवको अवसरमा सो अवार्डबाट सम्मान गर्न लागिएको प्रालिका कार्यकारी अध्यक्ष सन्दिप कुमार श्रेष्ठले बताए। चिकित्सक तिवारीले छात्रबृतिमा स्नातक तर्ह ९एमविविएस ० अध्ययन सम्पनन गरि नेपालका दुर्गम जिल्लामा दुई वर्षदेखि सेवा दिदै आएका छन्।
भर्खरै
लोकप्रिय
