काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ आज काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।
हरेक वर्ष वर्षायाममा आउने बाढीका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती र क्षति बेहोर्नुपरेको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेका हुन्।
रोशी खोलामा आउने बाढीले बर्सेनि आसपासका बस्ती र खेतीयोग्य जमिनमा गम्भीर क्षति पुर्याउँदै आएको छ। वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयले भोग्नुपरेको समस्याबारे निरन्तर उजुरी र गुनासो आएपछि गृहमन्त्रीले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीहरूको वस्तुस्थितिबारे विस्तृत जानकारी लिनेछन्।
स्थलगत निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका उपायहरू अवलम्बन गर्न सम्बन्धित निकायहरूलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने कार्यक्रम रहेको छ।
भर्खरै
लोकप्रिय
