देशसञ्चार चौतारीको यसपटकको अंकमा सिनेकर्मी तथा चियावाला गणेशदेव पाण्डेसँग हामी गफिएका छौँ। ७० वर्षपछि उनका हजुरबाले बुटवलमा सुरु गरेको चियाको व्यवसाय उनले अहिले काठमाडौँमा फैल्याएका छन्।
बीचमा सिनेमामा व्यस्त थिए उनी। ८ वर्षअघि भने ‘चियावाला’कै आवरणमा उनले चिया पसल फैल्याए र यसलाई लोकप्रिय बनाए।
उनको चियापसल अहिले युवाहरूको भेटघाटस्थल र युवायुवतीहरूको डेटिङ स्पट पनि बनेको छ। खासगरी सहरमा चियाका पारखीहरूको मिटिङ प्वइन्टका रूपमा चिनिन्छ उनको ‘चियावाला।’
सानो छँदा उनलाई चियावालाको छोरा भन्दा हिनताबोध हुन्थ्यो। अहिले उनका छोराछोरीलाई पनि उनले चिया व्यवसाय अगाडि बढाएको मन पर्दैन। ‘सायद हरेक छोराछोरीलाई बुवाले गरेको काम पर्दैन,’ भन्छन् उनी।
पाण्डेले यसपटकको देशसञ्चार चौतारीमा नेपालमा चिया संस्कृतिसँगै चियावालाको इतिहास र चियावालाको वर्तमान अवस्थाबारे विस्तृतमा कुरा गरेका छन्।
पूरा भिडियो:
भर्खरै
लोकप्रिय
