काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी भएको छ। शेरबहादुर र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण विभागले माग गरेपछि जिल्ला अदालतले अनुमति दिएको जनाइएको छ।
स्रोतका अनुसार जिल्ला अदालत काठमाडौँले मंगलबार देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको हो।
गत फागुनमा भएको चुनावअघि नै उपचारका लागि भन्दै विदेश गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी भएको थियो। सो क्रममा देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो।
आन्दोलनका क्रममा उनीहरूको घरमा पैसा भेटिएको भन्ने भिडियो तथा फोटोहरू पनि सार्वजनिक भएका थिए। यसै विषयमा अनुसन्धान भइरहँदा भत्काउन लागिएको जलेको उनीहरूको घर पनि भत्काउन रोक लगाइएको छ।
भर्खरै
लोकप्रिय
