- सदरमुकाम सिमकोटका दुई वडा, ५ र ६, पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन्।
- चैत १३ गते गरिएको सर्भेक्षणमा कुनै पनि बालबालिका खोपबाट नछुटेको पाएपछि यो घोषणा भएको हो।
- सिमकोट गाउँपालिकाका बाँकी ६ वडालाई भविष्यमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने योजना छ।
हुम्ला – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाका दुई वटा वडाहरु एकसाथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन्। निर्धारित उमेर समूहका बालबालिका खोप कार्यक्रमबाट नछुटेको पाईएपछि ती वडालाई उक्त घोषित गरिएको हो।
सिमकोट गाउँपालिका– ५ र ६ लाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। यसका लागि चैत १३ गते दुवै वडामा सुन्न्नेदेखि १५ महिनाससम्मका बालबालिकाको लाईन लास्टिड सर्भे गरिएको थियो भने १६ देखि ५९ महिनाका पुर्ण खोप घरधुरी सर्भेक्षण गरिएकोमा कुनै पनि बालबालिका खोपबाट नछुटेको पाइएपछि ती वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको माथिल्ले गाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज राजु रावतले बताए।
ती दुवै वडामा गरी सुन्नेदेखि १५ महिनाका २७ जना बालबालिका र पन्द्रदेखि ५९ महिनाका ५८ बालबालिका रहेका थिए। पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष चीनबहादुर रावत, ६ का अध्यक्ष नन्द रावत लगाएतको उपस्थिति थियो।
वडा घोषित भएका प्रतिबेदन गाउँपालिकामा गएपछि सिमकोट गाउँपालिकाले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषितदगर्ने छ। अव सिमकोटका बाँकी ६ वटा वडा बाँकी छन्।
भर्खरै
लोकप्रिय
