भ्रष्टाचार गरेको रकम स्विस बैँकमा भए फिर्ता ल्याउन पहल गर्न गृहमन्त्री गुरुङको आग्रह

भ्रष्टाचार गरेको रकम स्विस बैँकमा भए फिर्ता ल्याउन पहल गर्न गृहमन्त्री गुरुङको आग्रह
+
-

काठमाडौं-  गृहमन्त्री सुधन गुरुङले स्विस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतसँग अनुरोध गरेका छन् ।

गृह मन्त्रालयमा बुधबार स्विस राजदूत डेनियल मैवलीसँग भएको शीष्टाचार भेटमा उनले भ्रष्टाचारसँगै अन्य कसुरबाट अवैध रुपमा आर्जन गरेको रकम स्विस बैंकमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका लागि सहकार्य गर्न आग्रह गर्दै त्यस्ता रकम देखिएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने व्यवस्था गर्न आग्रह गरेका हुन्।

भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी थिइन्।

राजदूत मैवलीले दुई देशको सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएकी थिइन्। मन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको जानकारी राजदूतसँग गराएका थिए।

स्विस राजदूत मैवलीले विपद् व्यवस्थापनको नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…