हुम्ला – एक जना परीक्षार्थीले सुत्केरी भएको बाह्र घण्टापछि एसईईमा सहभागिता जनाएकी छन्। परीक्षा सञ्चालन भइरहेको सयममा गर्भवती ती परीक्षार्थी सुत्केरी भए पनि उनको आफ्नै चाहनाले परीक्षामा सहभागिता जनाएकी हुन्।
सिमकोट गाउँपालिका मानसरोवर मावि परीक्षा केन्द्रमा सुत्केरी भएको बाह्र घण्टापछि सिमकोट गाउँपालिका– २ को ठेहे गाउँकी परीक्षार्थी पुष्पा बोहराले बुधबार परीक्षामा सहभागिता जनाएको सो केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए।
सुत्केरीलाई अस्पतालको प्रसूतिगृहबाट अस्पतालले एम्वुलेन्सबाट परीक्षाा केन्द्रमा लगेको थियो। ती परीक्षार्थीले अर्थशास्त्र विषयको ग्रेडबृद्धितर्फको परीक्षामा सहभागिता जनाएकी हुन्।
नवजात शिशुलाई हेर्न एक जना सहयोगी लिएर उनले परीक्षामा सहभागिता जनाइरहेको उनले बताए। चिसो बढेका कारण बाक्लो कपडा ओढेर बोहराले परीक्षा दिएकी हुन्। उच्च स्थानमा हिमपात भइरहेको कारण चिसो निकै बढेको थियो।
सुत्केरी परीक्षार्थी अस्पतालबाट डिस्चार्जसमेत नभएको र परीक्षापछि सिधै अस्पताल ल्याइएको स्वास्थ्यकर्मी सर्मिला गिरीले बताइन्। परीक्षा दिँदा सुत्केरीको हातमा क्यानुलासमेत निकालिएको थिएन। मङ्गबार बेलुका सुत्केरी व्यथा लागेपछि बोहरालाई अस्पताल लगिएको थियो।
भर्खरै
लोकप्रिय
