सामाजिक सञ्जालको दुरुपयोग ‘मौन महामारी’, कडा कदम चाल्न प्रदेश सभा सदस्य हेमा बेल्वासेको माग

सामाजिक सञ्जालको दुरुपयोग ‘मौन महामारी’, कडा कदम चाल्न प्रदेश सभा सदस्य हेमा बेल्वासेको माग
+
-
देशसञ्चार AI सारांश
  • लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई मौन महामारी भन्दै यसको नियन्त्रणको माग गरिन्।
  • उनले प्रविधिको गलत प्रयोगले सामाजिक सद्भाव र संरचना कमजोर बनाएको बताउँदै चार बुँदे माग अघि सारिन्।
  • साइबर ब्युरोको तथ्याङ्क अनुसार, वार्षिक १९ हजार उजुरी दर्ता हुने र दिनमा ५० भन्दा बढी साइबर अपराध हुने गर्छ।

दाङ  – लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई ‘मौन महामारी’को संज्ञा दिँदै यसको नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेकी छन् ।

प्रदेश सभाको सातौं अधिवेशनको नवौं बैठकमा बेल्वासेले सामाजिक सञ्जालले घर(घरमा प्रवेश गरेर सामाजिक संरचनामा नकारात्मक असर पारिरहेको बताइन् । उनले प्रविधि आफैंमा सकारात्मक भए पनि यसको गलत प्रयोगले सामाजिक सद्भाव, संस्कार र संस्कृति कमजोर बनाएको उल्लेख गरिन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क उद्धृत गर्दै उनले एक वर्षमा करिब १९ हजार साइबर अपराधका उजुरी दर्ता हुने गरेको र दैनिक औसत ५० भन्दा बढी घटना हुने गरेको जानकारी दिइन् ।

सरकारसँग उनले चार बुँदे माग अघि सारेकी छन् । जसअनुसार विद्यालय तहमा कक्षा ८ देखि १२ सम्म डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी पाठ्यक्रम अनिवार्य गर्नुपर्ने, प्रदेशस्तरमा साइबर अपराधका उजुरी समाधानका लागि फास्ट ट्र्याक प्रणालीसहितको संयन्त्र स्थापना गर्नुपर्ने, सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध कडा कानुनी निर्देशिका ल्याउनुपर्ने र युवालाई डिजिटल सीपमूलक तालिममार्फत प्रविधिको उत्पादक बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखिन् ।

उनले प्रविधिलाई ञधारिलो चक्कुझ सँग तुलना गर्दै यसको सही प्रयोग सिकाउने जिम्मेवारी राज्यको भएको बताइन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…