- सिमकोट गाउँपालिकामा प्लास्टिक बिच्याएर इन्टेकमा पानी खसालेर उपभोक्तालाई खानेपानी आपूर्ति भइरहेको छ।
- बजेट अभावका कारण खोलामा प्लास्टिक बिच्याएर बीस मिटर टाढाको इन्टेकमा पाइपमार्फत पानी पुर्याइँदै छ।
- खानेपानी आपूर्ति गर्न ५०,००० र २०,००० क्षमताका दुई ट्याङ्कीबाट दिनहुँ पानी रिजर्भ र वितरण गरिन्छ।
सिमकोट –सिमकोट गाउँपालिका– ५ र ६ का स्थानीयका साथै बजार क्षेत्रका उपभोक्ताका लागि खानेपानी आपूर्ति गर्न मुहानमा प्लास्टिक बिच्छ्याएर इन्टेकमा पानी खसाल्ने गरिएको छ। खोलामा बनाइएको इन्टेक बर्खामा बगाएको कारण खानेपानी आपूर्ति गर्न मुहानमा रहेको खोलामा प्लास्टिक बिच्याएर पानी आपूर्ति गरिएको हो।
खोला किनारमा इन्टेक निर्माण गर्न तत्कालका लागि बजेट नभएकोले पानी बग्ने खोला मै प्लास्टिक बिच्छ्याएर खोला भन्दा बीस मिटर टाढाको इन्टेकमा पाईपबाट पानी आपूर्ति गर्ने कार्य भइरहेको सिमकोट खानेपानी उपभोक्ता समितिका टेक्निसियन रुपेन्द्र रोकायाले बताए। यसरी खोलामा प्लास्टिक नबिच्छ्याए पानी खोला भित्रै छिर्ने भएको कारण यो उपाय अवलम्बन गरिएको छ।
अब एउटा इन्टेक निर्माण नगरुन्जेल सिमकोटमा खानेपानी आपूर्ति गर्न यो उपाय भन्दा अन्य बिकल्प नदेखिएको उनको भनाइ छ। उक्त खानेपानी योजनाका लागि तीन वटा मुहानबाट पानी आपूर्ति गर्ने गरिएको र त्यसमा तीन वटै मुहानका डिपिटी चुहिने भएको कारण प्लास्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने कार्य भई रहेको छ। खोलामा बिच्छ्याईएको प्लास्टिक मिलाउन दैनिक रुपमा आफुहरु मुहानसम्म पुग्ने र प्लास्टिक मिलाउने कार्य गरि भई रहेको छ।
एकातिर मुहानमा पानीको श्रोत कम भएको कारण खानेपानी समस्या भएको र अर्कोतर्फ खोलाको पानी चुहिने भएको कारण पनि पानी आपूर्ति गर्न समस्या भएको हो। प्लास्टिक बिच्छ्याएर पनि पुर्ण रुपमा पानी चुहिने कार्य रोक्न नसकिएको कारण केही पानी अहिले पनि चुही रहेको छ। तर पनि यसले खानेपानी आपूर्ति गर्न भने केही समस्या समाधान गरेको छ। सिमकोट बजार र दुई वटा वडाका उपभोक्ताहरुका लागि खानेपानी आपूर्ति गर्न तीन वटा मुहानको पानी ल्याउने कार्य गरिएको छ।
यसबाट पचास हजार क्षेमताको एउटा ट्याङ्की, चार वटा बीस हजार क्षेमतामा ट्याङ्की, दुई वटा दश हजार क्षेमताका ट्याङ्कीबाट राती रिजर्भ गरेर बिहान एक लाख पचास हजार लिटर पानी बितरण गर्ने गरिएको छ भने दिनभर ती ट्याङ्कीमा पानी रिजर्भ गरेर बेलुका बितरण गरिँदै आएको छ। यसबाट समितिले ४३७ वटा ब्यक्तिगत धारा र दुई वटा सार्वजनिक धाराबाट दैनिक आधादेखि डेढ घण्टासम्म खानेपानी बितरण हुँदै आएको छ। त्यसैगरि चालीस वर्ष पुराना ट्याङ्कीको अवस्था जीर्ण छ। समितिले चार हजार भन्दा बढी जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको छ।
भर्खरै
लोकप्रिय
