लापसे गरेर गाडी चलाउने छ जना पक्राउ

लापसे गरेर गाडी चलाउने छ जना पक्राउ
सांकेतिक तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेक पोष्टमा छह जनालाई लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा पक्राउ गरिएको छ।
  • ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा छ जना चालकलाई समातेको हो।
  • यात्रु बोक्ने चालकले लागुपदार्थ सेवन गर्नु नियमविपरीत भएकाले यात्रुले कुनै शङ्का लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।

काठमाडौँ- चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेक पोष्टमा लागुपदार्थ सेवन (लापसे) गरेर सार्वजनिक सवारीसाधन चलाउने छ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँ शुक्रबार गरिएको जाँचमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ट्रक चालक चार जना, सार्वजानिक यात्रुवाहक सवारीसाधन (भाडाबस) चालक एक जना, माइक्रोबस चालक एक जना गरी छ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीसहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँ पठाइएको छ । यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएको पनि उनले बताए।

यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रीहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…