खुश्बुको व्यंग्य- रास्वपाका प्रतिबद्धताप्रति विश्वास गर्न नहुने नजिर स्थापित

खुश्बुको व्यंग्य- रास्वपाका प्रतिबद्धताप्रति विश्वास गर्न नहुने नजिर स्थापित
+
-

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपसभामुखमा समर्थन गर्ने आश्वासन दिएर पछाडि हटेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टी स्वयंप्रति राप्रपाका सांसदहरूले शुक्रबार संसद्‌मा कटाक्ष गरेका छन्।

राप्रपाकी सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गर्न नसकिने नजिर स्थापित भएको बताइन्। उपसभामुखमा सघाउने बचन आफूहरूलाई दिएर समर्थन गर्ने अर्को उम्मेदवारमा पुगेको भन्दै उनले यस्तो बताएकी हुन्।

त्यस्तै, उनले राप्रपाका तर्फबाट उपसभामुखमा प्रस्तावित सरस्वती लामालाई उनका श्रीमान्‌सँग जोडेर हेर्न नहुने पनि बताइन्। उनी राप्रपा नेता बुद्धिमान तामाङकी श्रीमती हुन्।

रास्वपाले राप्रपालाई उपसभामुखमा समर्थन गर्ने आश्वासन दिए पनि अन्तिम समयमा उसले बोली फेरेको थियो।

राप्रपाका अर्का सांसद् तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि रवि लामिछानेप्रति कटाक्ष गर्दै बुधबार संसद्‌मा बोलीको कुनै भर हुने रहेनछ भन्दै व्यंग्य कसेका थिए।

अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीकी रुबी ठाकुरलाई उपसभामुखमा समर्थन गर्ने निर्णय गरेको थियो।

ओलीले कटाक्ष गरिन्-  ‘राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गरिहाल्न नसकिने नजिर स्थापित गरेको छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…