हर्क साम्पाङले संसद्‌मा भनेः दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगून्

हर्क साम्पाङले संसद्‌मा भनेः दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगून्
+
-

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दार्चुलाको अवस्था देखेर आफू रोएर आएको बताए। ब्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो नभएर मान्छे महाकालीमा तुइनबाट खसेर मर्ने अवस्था रहेको उनको भनाइ छ।

तुइनबाट नझरेको कुनै घर परिवार नै नरहेको उनले बताए। उनले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको ब्यास क्षेत्रमा स्थलगत भ्रमण गर्न र त्यहाँका जनताको पीडा बुझ्न आग्रह गरे।

यस्तै, उनले संसद्‌भित्र प्रयोग हुने शब्द र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए। केही सांसदहरूले उपसभामुख उम्मेदवार रुवीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरेकोमा उनले आपत्ति जनाए।

त्यस्तै, ज्येष्ठ नागरिकका विषयमा अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै उनले प्रकृतिको नियमअनुसार सबै बुढो हुने भएकाले उमेरलाई लिएर उपहास नगर्न सचेत गराए।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले बिना कारण उडान (फ्लाइट) ढिलो गर्ने विमान कम्पनीहरूलाई जरिवाना गर्नुपर्ने माग राखे।

संसदमा समर्थन जनाउँदा टेबल र कुर्सी ठोक्ने परम्परालाई ‘अमर्यादित’ भन्दै उनले त्यसको साटो दुई हातले ताली बजाउने संस्कृति सुरु गर्न प्रस्ताव गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…