- शिक्षकहरूले सिकेको शैक्षणिक कलालाई चित्र र शब्दमा प्रदर्शन गर्दै, विद्यालयमा प्रभावकारी शिक्षण विधि अपनाउने योजना बनाइएको छ।
- तालिममा सहभागिता जनाएका विद्यालयहरूले आफ्नो शैक्षिक प्रदर्शनीको मूल्याङ्कन गर्दै, बालमैत्री शिक्षणमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे।
- सहभागी शिक्षकहरूले शिक्षणलाई प्रभावकारी बनाउन तालिमका सीपलाई विद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हुम्ला – विद्यालयका शिक्षकलाई दश दिने बालमैत्री शैक्षिणिक तालिम प्रदान गरिएको छ। पाठ्यक्रम र बिधार्थी केन्द्रीत शिक्षण कृयाक्लापहरु सञ्चालन गर्न शिक्षकलाई दक्षता प्रदान गर्न यो तालिम आयोजना गरिएको हो।
तालिमको दश दिनसम्म शिक्षकले विद्यालयको कक्षाकोठाभित्र प्रवेश गरिसकेपछि तालिममा सिकेका क्रियाकलापबाट शिक्षण बिधि अपनाउने पनि सहजीकरण गरिएको तालिमको आयोजक आधार बिकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए।
दश दिनमा तालिममा सिकेका कुराहरुलाई चित्र र शब्दमा तयार पारेर प्रर्दशनी पनि गरिएको थियो। शनिबार तालिम सम्पन्न भएको सोमवारबाट विद्यालय सुचारु भएपछि सिकाइ सुरु गर्नु पर्नेछ। सधै पुरानै प्रविधिबाट शिक्षण गरिदा शिकाई प्रभावकारी नभएको ठम्याई गर्दै यो तालिम आधार बिकासले आफ्ना कार्य क्षेत्रका विदालयका शिक्षकहरुलाई प्रदान गरेको हो।
तालिमपछि उक्त शैक्षिक कला प्रर्दशनी सिमकोट र नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयका शिक्षकहरुको बालमैत्री शैक्षणिक सिकाइ र सिकाइपछि शिक्षण सिकाइका कलाहरु तयार पारेर प्रर्दशनी गर्दा मुल्याङ्कन गर्दा उक्त विद्यालय ६७ अङ्क ल्याएर प्रथम भएको आधार बिकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक तामाङले बताए।
त्यसैगरि सिमकोट गाउँपालिकाको कर्णाली माविले ६५ अंङ्क ल्याएर द्धितीया, सिमकोट गाउँपालिका कै सैपाल हमाल माविले ६० अंङ्क ल्याएर तृतीया र सिमकोट गाउँपालिकाका बलभद्र र दोभान आविले ४५ अङ्क ल्याएर तृतीया भएका थिए। विजेता विद्यालयलाई शैक्षणिक सिकाइ सम्वन्धि सामाग्रीहरु पुरस्कारका रुपमा ब्यवस्था शिक्षकहरुलाई नै प्रथमबाट क्रमशः रोजेर प्रदान गरिएको थियो।
ती विद्यालयका शिक्षकले शैक्षिक कला प्रर्दशनीमा दैनिक पाठ योजना, बार्षिक, मासिक, साप्ताहिक, दैनिक गरिने कृयाक्लाप, पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित शिक्षण सिकाइ क्रियाक्लाप, गोजी तालिका, मौसमी पात्रो, स्थानीय चाडपर्वको बिबरण, ध्वनी सिकाइ, स्वर वर्ण र ब्यन्जन वर्ण, स्थानीय सजिव र निर्जिव, बनस्पती र जनावर कोष लगाएतका कलाहरु तयार पारेर प्रर्दशनी गरिएको थियो। आठ वटा विद्यालयका पाँच वटा प्रर्दशनीका लागि स्टल राखिएका थिए।
यस क्षेत्रमा ज्ञान राख्ने तीन जनाले सो प्रर्दशनीको मुल्याङ्कन गरेका थिए। तालिमको समापनमा सहभागी शिक्षकहरु वलभद्र आविका प्रधानाध्यापक प्रेमकला बुढा र कर्णाली माविका शिक्षक रामराज शाहीले तालिममा सिकेका कुरा विद्यालय उतार्ने प्रतिबद्धता जनाए। त्यसैगरि सो कार्यक्रममा आधार बिकास नेपालको शिक्षा क्षेत्र हेर्ने डिल्ली डोटेल, आधार नेपालका बरिष्ठ सहजकर्ता तोयाराज अमगाई र राम मिश्र, आधार बिकास हुम्लाका कार्यक्रम प्रबन्धक अंजुक लामालगायत सहभागी थिए।
भर्खरै
लोकप्रिय
