अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ।
शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले युवा र विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको बताएका हुन्। यसको विरुद्धमा पार्टी सडमा उत्रिने उनले चेतावनी दिए।
उनले भने, ‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनहरूलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो। यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौँ।’
भर्खरै
लोकप्रिय
