आम्दानीको श्रोत बढाउन एकल महिलाले गरे कुखुरा पालन व्यवसाय

आम्दानीको श्रोत बढाउन एकल महिलाले गरे कुखुरा पालन व्यवसाय
+
-
देशसञ्चार AI सारांश
  • जोगदेवी सिंहले आम्दानी बढाउन खार्पुनाथ गाउँपालिकामा कुखुरा पालन व्यवसाय सुरु गरेकी छन्।
  • आफ्नो लगानीमा आठ सय कुखुरा पालेर तीन लाखभन्दा बढीको लगानी गर्दै आम्दानी बृद्धि गर्दैछिन्।
  • कुखुरा पालनबाट सन्तुष्ट सिंहले तरकारी खेती योजना पनि बनाउँदै व्यवसाय विस्तार गर्न चाहन्छिन्।

हुम्ला – एकल महिलाले कुखुरा पालन व्यवसाय सुरु गरेकी छन्। खेतीपातीका साथै उनले कुखुरा पानल व्यवसाय पनि सुरु गरेकी हुन्। खार्पुनाथ गाउँपालिका– ५ को याङ्चु गाउँकी जोगदेवी सिंह आम्दानीको श्रोत बृद्धिका लागि कुखुरा पालन व्यवसाय सुरु गरेको बताइन्।

हाल आफ्नै जग्गामा उनले कुखुरा पालन व्यवसाय सुरु गरेकी छन्। उनले गाउँपालिका केन्द्र याङचु बजारमा कुखुरा पालन व्यवसाय सुरु गरेकी हुन। एक वर्ष अगाडि श्रीमान गुमाएकी चालीस वर्षीया सिंहले यसअघि खेतीपाती मात्र गर्ने गरेकोमा अब भने कुखुरा पालन व्यवसाय पनि थपेकी हुन। खेतीपातीले दैनिक गुजारा चलाउन धानेकै भए पनि थप आम्दानीको श्रोत बृद्धि गर्न उनले कुखुरा पालन व्यवसाय गरेको बताइन्।

हाल गाउँपालिका केन्द्र याङ्चु बजारमा आठ सय कुखुरा पाल्दै आएकी छन। यसका लागि उनले तीन लाख भन्दा बढी लगानी गरेकी छन्। सुर्खेतमा अध्ययन गर्दै आएका छोराले कुखुरा पठाउने र पालन कार्यमा सिंह जुटेकी छन्।

हाल उनले कुखुरा बिक्री समेत सुरु गरेर आम्दानी गरि रहेकी छन्। यसमा सिंहले सिंङ्गै कुखुरा बिक्री गर्न थालेकी छन्। हालको आम्दानीबाट सन्तुष्ट देखिएकी एकल महिला सिंहले अब यसलाई केही बिस्तार गर्ने योजना समेत बनाएकी छन्। आफ्नै लगानीबाट उनले कुखुरा पालन व्यवसाय गरकै हुन। अब आउदो नयाँ सिजनसम्म उनले तरकारी खेती पनि थप्ने योजना बनाएकी छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…