इक्वालिटी कप महिला क्रिकेटको उपाधि विराटनगर हबले जित्यो

इक्वालिटी कप महिला क्रिकेटको उपाधि विराटनगर हबले जित्यो
+
-
देशसञ्चार AI सारांश
  • इक्वालिटी कप महिला क्रिकेटको फाइनलमा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि जित्यो।
  • समिक्षा राईले फाइनलमा ३ विकेट लिएर विराटनगरलाई उपाधि दिलाउन महत्वपू्र्ण भूमिका निभाइन्।
  • प्रतियोगितामा राजविराजकी साक्षी यादव प्लेयर अफ द सिरिज तथा उत्कृष्ट ब्याटर घोषित भइन्।

मोरङ – विराटनगरमा सम्पन्न इक्वालिटी कप महिला क्रिकेटको उपाधि विराटनगर हवले जितेको छ। मंगलबार विराटनगरको मेरिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा राजविराज हवलाई ११ रनले पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो। टस हारेर ब्याटिङ गरेकोे घरेलु टोली विराटनगरले १८ दशमलव ५ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो।

यसक्रममा विराटनगरका लागि टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रन जोडेकी थिइन्। विराटनगरलाई मध्यम योगफलमा रोक्ने क्रममा राजविराजकी दिपा राम र बन्धना रजकले समान २ विकेट लिएका थिए।

उपाधि हात पार्ने क्रममा विराटनगरको टोलीले राजविराजलाई २० ओभरमा ८ विकेटको क्षतिमा ८६ रनमा रोक्न सफल भयो। यसक्रममा राजविराजकी कप्तान साक्षी यादवले अविजित ४८ रन बनाएकी थिइन्। २ रनले अर्धशतक बनाउन चु्केकी यादवले टोलीको हारलाई समेत जोगाउन सकिनन्। कप्तान यादवलाई अन्य ब्याटरहरुले क्रिजमा साथ दिन सकेनन्।

उपाधि दिलाउने क्रममा विराटनगरकी प्लेयर अफ फाइनल समिक्षा राईले ३ विकेट लिइन्। त्यसैगरि, प्रतियोगिताको प्लेयर अफ द सिरिज राजविराजकी साक्षी यादव भएको आयोजक नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए। त्यसैगरि, प्रतियोगितामा उत्कृष्ट ब्याटर साक्षी यादव हुँदा उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु भइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…