- आख्यानकार नारायण ढकाल साप्ताहिक रुपमा नयाँ सडकमा आफ्ना समकालीन लेखकहरूसँग नेपाली राजनीति र लेखनको आरोहअवरोहमा चर्चा गर्छन्।
- ढकालले हिप्पी आन्दोलनबाट प्रेरित भएर अध्ययन थालेका र हिप्पीहरूको सँगतमा परिन्थे भने पठाइको लत नलाग्ने बताएका छन्।
- उनले कालक्रमसँगै राजनीतिबाट टाढा भएर साहित्यलाई जीवनको आधार बनाएका र आपुर्णकालीन लेखक बन्न पुगेका छन्।
उमेरले सात दशक उक्लिसकेका आख्यानकार नारायण ढकाललाई अझै बुढ्यौलीले छोएको छैन। उनी तन्नेरीले झै मूलपानीबाट बाइक हुइँक्याएरै काठमाडौँको नयाँ सडक आइपुग्छन्। बाइक नभएका दिन सार्वजनिक गाडीमा सहर झर्छन् र झोला काँधमा हालेर ठमठम ओसिलो गल्लीहरुमा लखरलखर हिँडिदिन्छन्। हरेक शुक्रबार उनी भेटिन सक्छन् न्युरोड पिपलबोटतिर उनका समकालीन कवि लेखक बिमल निभालगायतसँग।
चिया चुस्कीसँगै गफ्फिन्छन् नेपाली राजनीति र लेखनको आरोहअवरोह। कहिलेकहिँ भने उनी मदिरा-जक्सनहरुमा कवि-लेखकलाई बीसौँ शताब्दीका प्रख्यात कवि एलेन गिन्सवर्ग, मार्खेज र कालमर्क्स घोकाइरहेका हुन्छन्।
खरो स्पष्ट कुरा राख्न रुचाउने लेखक ढकाल यतिखेर ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासका कारण चर्चामा छन्। यो उनको छैटौँ उपन्यास हो। नेपालयले प्रकाशन गरेको यो उपन्यास आफ्नै पत्रकारिताको अनुभवको जगमा लेखेको बताउँछन् उनी।
यसअघि ‘पीत संवाद,’ ‘दुर्भिक्ष,’ ‘प्रेतकल्प,’ ‘वृषभ वध,’ ‘हजार माइलको बाटो’लगायत उपन्यास प्रकाशित छन्। सात कथासङ्ग्रह ‘शहर यन्त्र,’ ‘इरफान अली,’ ‘बहिर्गमन,’ ‘आत्महन्ता,’ ‘इन्द्रजाल,’ ‘नारायण ढकालका कथा’ र ‘तमस’, तीन निबन्धसङ्ग्रह ‘तीन संवत्सर,’ ‘शोकमग्न यात्री’ र ‘अन्तिम पात’, एक कवितासङ्ग्रह ‘नरकको ढोका’, दुई बालकथासङ्ग्रह ‘मुसेकान्छाको करामत’ र ‘गोमाको यार्लिङ’ प्रकाशित छन्।
गम्भीर अध्येता ढकाल साहित्यलाई कोरा साहित्यका रूपमा मात्र नहेरी राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताका रूपमा अर्थ्याउँछन्। जीवनमा उनले परिवर्तनका लागि राजनीति पनि गरे। उनको राजनीति सुरु भएको थियो हिप्पी आन्दोलनबाट।

हिप्पीहरूको संगत
आख्यानकार ढकाल २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनरेसनमा सक्रिय थिए। पठन र लेखनमा हिप्पीहरूको संगतले प्रभाव परेको बताउँदै आएका ढकाल भन्छन्, ‘हिप्पीको संगतमा पर्दिनथे भने पढ्ने लत लाग्दैनथ्यो।’
लामो कपाल पालेर हिप्पीहरूको संगत गर्नु उनको दैनिकी थियो। जब अमेरिकी कवि एलेन गिन्सवर्गको किताबसँग उनको संगत भयो अनि ‘म गाँजा खाइरहेको छु र मार्क्स पढिरहेको छु।’ सँगै हराए।
सहरका गल्लीहरुमा उनले हिप्पीको लय मात्रै समाएनन् तिनको बौद्विकचेतले गहिरो प्रभाव पर्यो। ती हिप्पीहरू चाहन्थे- विश्व शान्तिको लागि प्रेमको निम्ति गाँजा खानु पर्छ। ‘हामी हिप्पीहरूसँग बिराट मानवताका निम्ति गाँजा खाइन्थ्यो। यस्तैमा एक दिन उनलाई एक अराजक कविले मार्क्स पढ्न अनुरोध गरे। उनले पढे,’ उनी भन्छन्, ‘हिप्पीहरुको पछि लाग्दा पनि म राजनीति मन पराउँदैन थिएँ। पूँजीबाद र साम्यवादलाई उत्तिकै महत्व दिएर थुक्छु भन्ने थियो।
ढकाल समयक्रमसँगै मार्क्स पढ्न सहरको ठूला र फराकिला पुस्तकालयहरु धाउँथे। यस्तैमा कलेज जीवन पनि सुरु भयो। कविता कथा लेखेर गोरखापत्रमा छाप्ने दिन पनि सुरु भयो।
उनका अनुसार हिप्पी आन्दोलन भारतको बंगालमा लेखकहरूको निकै ठूलो समूहले गरेको थियो। यसले सभ्यता, पूँजीवाद र राज्यको विरोध गर्दथ्यो। त्यो चाहिँ अराजकतावादी सिद्धान्तअनुसार चलेको हो। त्यसको ठूलो मान्छे भनेको एलेन गिन्सवर्ग हुन् जो अमेरिकन कवि थिए, जो विटर्स मुभमेन्ट र हिप्पीहरूको क्यालिफोर्नियामा भएको अन्तर्राष्ट्रिय भेलाको सांस्कृतिक कमाण्डर पनि थिए।
‘मैले आफू हिप्पी आन्दोलनमा लागेपछि गिन्सवर्गका कविताहरू पढ्न थालेँ। ‘हउल एण्ड अदर्स पोएम्स्’ भन्ने कविता संग्रह पढेँ।’ उनले भने, ‘उनका कविताहरू चाहिँ वास्तवमा भियतनाम युद्धविरोधी र अमेरिकन युद्धविरोधी छन्। अमेरिका भन्ने कवितामा उनले ‘म गाँजा खाइरहेको छु र मार्क्स पढिरहेको छु’ भन्ने कविताको लाइन नै छ। त्यो पढिसकेपछि म त्यतैतिर लागे र हामी गाँजा खानतिर लाग्यौँ। पाँचवर्षसम्म म हिप्पी आन्दोलनमा लागेँ र यता प्रगतिशिल आन्दोलनमा पनि साथीहरू भएका कारण म जेल पुगें। र, पछि मैले त्यो मुभमेन्ट छोडेँ। मलाई कम्युनिष्ट मुभमेन्टका साथीहरू मनपरेको थियो। उनीहरू असल र सज्जनजस्तो लाग्थ्यो। उनीहरू अरुजस्ता उत्ताउला र छाडा पनि थिएनन्।’
हिप्पीहरुको संगतले उनको पढाइ यति बिग्रियो कि उनले केही समयका लागि दार्जिलिङतिर गएर पनि बसेका ढकाल भन्छन्, ‘खासमा म लुक्न गएको थिएँ दार्जिलिङ।’
हिप्पीहरुको बिटल्स आन्दोलन तथा हंग्री जेनेरेशनको प्रभावसँगै ढकाल बामपन्थी आन्दोलनमा लहसिए। भन्छन्, ‘सुरुसुरुमा म राजनीति पटकक्कै मन पराउँदिन थिएँ।
ढकालले संसदको लागि आफू ‘पर्यटक हुँ’ पनि भनेका थिए। राजनीतिले आदर्शको बाटो त्यागेपछि आफूले पनि राजनीति त्यागेको बताउने ढकाल भन्छन्, ‘अब त पूर्णकालीन लेखक बनेको छु।’
किताब लेखनको जग खासै ठूलो कारण नभएको बताउने ढकाल भन्छन्, ‘अन्य विकल्पहरू नभएर लेखनमा लागेको हुँ।’
‘हंग्री जेनेरेसन’सँग मेरो डिप लभ छ। ‘हंग्री जेनेरेसन’का सबै कुरा कार्यान्व्यन गर्न नसक्दा त्यहाँबाट फर्किएको हुँ। हंग्री जेनेरेसनको धेरै काम मार्क्ससिजमले गर्छ कि १ भन्ने आश बोकेर माक्र्ससिजमतर्फ लागेको हुँ,’ उनले भने।

राजनीतिका कुरा
आखिर उनले राजनीति गरे। पचासको दशकको सुरुवातीबाट सदनमा पुगे। तर उनी छिट्टै राजनीतिबाट बिरक्तिए। जहाँ आफ्नो कुरा राख्न पाउने अधिकार छैन त्यहाँ आफूलाई उभिनै गाह्रो भयो। भन्छन्, ‘मेरा लागि सदन सही ठाउँ थिएन्। राजनीतिबाटै परिवर्तन सम्भव छ भनेर लागें तर आफै परिवर्तन भएँ। सदन छिरेपछि बिरक्तिएर निस्किएँ।’
उनी थप्छन्, ‘सुरूमा लाग्थ्यो, संसदमा त स्वतन्त्र मतको प्रभाव हुन्छ। मान्छेको राजनीतिक आस्था भन्दा गुणको आधारमा मूल्याङ्कन हुन्छ। तर, त्यहाँ पनि गुटबन्दी हुँदोरहेछ, उनले भने, अनि लाग्यो राजनीति फोहोरी खेल हो।’
मार्क्स नै सबैथोक ठानेर प्रगतिशिल राजनीतिका लागि उनी कलेज जीवनमै जोडिए। कलेजमा पुगेका ढकाल बामपन्थीसँग लहसिएको सुनाउछन्,’कलेजमा गइसकेपछि बामपन्थीहरू सज्जन लागेको थियो। पछि कति दुर्जन रहेछन् भन्ने देखियो त।’
श्रमजीवी मजुदरका पक्षमा लेख्ने साँचो मार्क्सवादी लेखकको रूपमा आफूलाई प्रमाणित गर्न सफल ढकाल अहिले पनि बामपन्थी रुझानकै कुरा गर्छन्। तर लेखक ढकाललाई अझै मन पर्छ नेता बिश्वश्वेर प्रसाद कोइराला। आफू बामपन्थीसँगको संगतमा हुन्थेनन् भने आज बीपीको समाजबादको लाइनमा हुन सक्ने पनि भन्न भ्याए ढकालले। भन्छन्, ‘बामपन्थी हुन्थिन भने बीपीको समाजबादको बाटो हुन्थे। तर बामपन्थी भएर बीपीको समाजबाद जत्तिको पनि हुन सकिएन।
०३२ सालपछि विस्तारै अलि बढी कम्युनिष्ट मुभमेन्टमा लागेँ र ०३६ को आन्दोलनमा लागे।
राजनीतिलाई पन्छाए र राजनीति छुटे पनि लेखन छुटेको छैन उनीबाट। त्यसो हुनुको कारण पारिवारिक कारण र हजुरबाको संगत ठान्छन्। आफ्नै हजुरबासँग गहिरो संगत गरेका थिए उनी।
अन्य आकाङ्क्षहरु अगाडि बढाउन नसकेपछि लेखनलाई निरन्तरता दिएको बताउँछन् ढकाल भन्छन्, ‘सायद मैले आफूलाई नै बढी महत्व दिएँ। सुरुमा आफैलाई महत्व दिएँ। परिचय गतिलो ढंगले स्थापित हुनु पर्छ भन्ने लागेर पनि लेखनमा लागेँ।’
उनी थप्छन्, ‘गोरखापत्रको भाषा समेत नबझ्दैदेखि म लेखनमा आएँ। जस्तो कि गोरखापत्रले कतिधेरै संस्कृति हालेको होला भन्थेँ।
केन्द्रसँग मूलपानी दुरीको हिसाबले नजिक थियो र दुरीको हिसाबले टाढा पनि। सहर आउँदा दुई घण्टा लाग्थ्यो।
मूलपानी अर्थात काठक्षेत्रबाट काठमाडौँ रिङ-रोड भित्र पुग्दाका अनेकन दुख बाँची आएका लेखक ढकाल आफ्ना कथामा आफूले बाँचेको समाज र राजनीति नै लेख्दै आइरहेका छन्। आफ्नो लेखनको जग ‘काँठ संस्कृति’ मान्छन् उनी। काँठ संस्कृति र जीवनमाथि ढकालले प्रशस्तै लेखेका छन् पनि।
काँठ पनि सहरमा परिणत हुँदै गर्दा काँठको जीवनशैली मासिने खतरा कति हुन्छ रु अथवा सहर बनेपछि नयाँ संस्कृति बन्ने संभावना कति हुन्छ रु वा काँठको जीवनशैली र बाहिरिया जीवनशैली मिलेर नयाँ जीवनशैली पो बन्न सक्छ कि!
मुलपानीको पोजिसन हिजोको गाउँ जस्तो पनि छैन। सहर जस्तो पनि छैन। सहर पनि बन्न नसकेको, गाउँ पनि बाँकी नरहेको संक्रमणकालीन अवस्था छ। यो संक्रमण आफैंमा एक जीवनशैली हो।
परिवारका कुनै न कुनै सदस्य उनले आफ्न कथा उपन्यासका पात्र बनाउँछन्। सबै भन्दा बढी आफ्नै हजुरबालाई पात्र बनाए। र जीवनमा पहिलो संघर्ष हजुरबाको परम्परागत विचार विरोधी भएर उभिने लेखक हुन्।
उनका बुवा ज्योतिषी थिए। त्यसैले धेरै कुरामा अनुशासित हुन आवश्यक थियो। तर जब ढकाल हिप्पीहरुको बाक्लो संगतमा पर्न थाले आफूलाई स्वतन्त्र पाउन थाले।
चावहिलसम्म खाली खुट्टै स्कुल घर गरेका ढकालले जब पद्मोदयमा पढ्न आए चप्पल नलाउनेमा आफू मात्र देखे । उनी भन्छन्, ‘चावहिल स्कुलमा जुत्ता नलाउनेको बहुमत थियो। पद्मोदयमा जुत्ता लगाउनेको बहुमत थियो। त्यसो हुँनाले मुलपानीबाट धेरै अर्थले सहर टाढा थियो।’
उनका बुवा अंग्रेजी पढाउन चाहन्थे भने हजूरबा संस्कृति पढाउन चाहन्थे। पछि ढकालले साइन्स पढ्न थाले। विषय पास हुन उनलाई गाह्रो भयो। विज्ञान छाडेर उनले अंग्रेजीमै चित्त बुझाए। अंग्रेजी पढ्थेनन् भने उनी गिन्सबर्ग र मार्खेजहरु पढ्न पाउँथेनन् सायद। उनी भन्छन्, ‘म पढाइप्रति खासै गम्भीर भइनँ। हजूरबाबाटै थुप्रै सिके र अन्तिममा उहाँकै विरोधी भएर आएँ।’
एकेडेमीका कुरा
२०४६ सालपछि पञ्चायतको धङधङी थामियो र सबैले महसुस गरे राजनीतिक व्यवस्था बदलियो। तर ढकालका नजरमा राज्य व्यवस्था परिवर्तनसँगै सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनसँग सम्बद्ध संस्थाहरु पनि परिवर्तन हुनु पर्ने थियो। उनका अनुसार अहिलेसम्म एकेडेमी-प्रज्ञा प्रतिष्ठान परिवर्तन भएन। ‘यो संस्था परिवर्तन गरिनुपर्छ भनेर मैले बारम्बार लेखिरहेको हुँ।’ उनले भने ।
शुभचिन्तकहरु उनलाई एकेडेमी सुधार्नका लागि जानु पर्ने आग्रह गरिरहँदा उनी हाँसेर भन्छन्, ‘एकेडेमी जाने अब युवाहरू हो।’
संस्थागत संरचना परिवर्तन गर्ने भन्दा पनि त्यहाँ पुग्ने लहड चलेको प्रति उनी कडा टिप्पणी गर्थे र अहिले पनि गर्छन्। २०४६ यता थुप्रै पार्टी मूलधारमा आए साथै २०६२/६३ पछि माओवादीलगायत विभिन्न नाममा दलहरु मूलधारमा जोडिए। राजाको निगाहमा कवि/लेखकलाई एकेडेमी जाने ढोका खुल्थ्यो भने अहिले नेताको प्रिय कार्यकर्ता हुन सक्नु पर्ने अवस्था छ।
‘उहिले साहित्यकारहरू प्रज्ञामा राजाको ठूलो गुणगान हुन्छ भनेर बहस गर्थे अहिले लेखकहरू पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्रका रूपमा लिन्छन्,’ उनी भन्छन्, ‘त्यतिखेर अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकेडेमीमा जानेहरूले ‘हात उठाउनुहोस्’ भने। मैले ‘म नजाने’ भनेर हात उठाए। यो भयानाक व्यंग्यातमक दृश्य थियो।’
उनका समकालीन लेखक कथाकार राजबले एकेडेमीमा लैजान कोसिस गरिरहे। उनले रुची देखाएनन्। उनी युवाहरुलाई भन्छन्, ‘एकेडेमीलाई जागिर खाने र बुढेसकाल बिताउने थलो बनाउनु हुँदैन् भन्ने मेरो मत हो।’
प्रज्ञामा साहित्य, संस्कृति, कला, समाज, विज्ञानका क्षेत्रमा धेरै अनुसन्धान हुनुपर्ने हो। तर, भएन। ‘त्यसै पनि हामी ज्ञान निर्माणको बाटोमा पछाडि छौँ। ज्ञान निर्माणको बाटोमा लाग्नुपर्ने संस्था त तलब थाप्ने थलो पो बन्यो,’ ढकालले भने, ‘संस्थागत सुधार हुनुपर्छ भन्ने मेरो मत हो। केही वर्ष अगाडि झुक्केर मदनमण्णि दीक्षित पनि प्रज्ञामा गएकै हुन्। प्रज्ञाबाट फर्केपछि उनले भने, ‘मेरो जिन्दगीको सबैभन्दा अँध्यारो कालखण्ड।’ उनको यो भनाईले एकेडेमी संस्था गतिलो बनेको रहेनछ भन्ने त प्रमाणीत भयो निज्!’
उनलाई के लाग्छ भने देश अहिले पनि शिशु अवस्थामै छ। ‘देश मात्रै होइन अरु सामार्थ्य पनि शिशु अवस्थामै रहेको उनको बुझाइ छ- उनले भने तरङ्गहरु पनि सानै होलान्।
विश्वविख्यात लेखक स्माइल काद्रेका किताब पढेका कथा सुनाउँदै भन्छन्, ‘उहाँले समाजबादको नाममा मानिसहरुले दुख मात्रै पाइरहेको लेखेका छन्। पूर्वी युरोपमा समाजबादका लागि एउटा मानिसका लागि तीन जना जासुसहरु पछि लागेका छन्।’
भर्खरै
लोकप्रिय
