जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
+
-
देशसञ्चार AI सारांश
  • चालु आर्थिक वर्षमा १६ दशमलव एक प्रतिशतले वृद्धि भई कूल बिमा शुल्क रु एक खर्ब ६० अर्ब २२ करोड पुगेको छ।
  • निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत रु १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ।
  • कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ।

काठमाडौँ – जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ।

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ। गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ।

चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ। निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत रु १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ।

बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन्। निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबिमा अभिकर्ताले रोजगारी पाएका छन्।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड

यसैगरी गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ। सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ। कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ। यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षण अनुसार, गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको सञ्चित रकम रु दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ। कोषले विभिन्न क्षेत्रमा रु एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ। रु ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…