चट्याङ लागेर तीन पशुचौपाया मरे

चट्याङ लागेर तीन पशुचौपाया मरे
सांकेतिक तस्बिर।
+
-

मुगु – खत्याड गाउँपालिका–५ थाने क्षेत्रमा चट्याङ लागेर तीन वटा पशुचौपायाको मृत्यु भएको छ।

आइतबार अपराह्न करिब ३ बजे वर्षासँगै परेको चट्याङले बाझों खेतमा चरिरहेका स्थानीय कांसि बुढाका एक जिउ ब्याउने भैँसी र एक हल गोरु तथा धनबहादुर बुढाको एक भैँसी मरेका हुन्।

घटनापछि प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको कमाण्डमा तीन सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टा पैदल दूरीमा पर्ने जनाइएको छ।

घटनामा मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाले जानकारी दिएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…