मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै
फाइल तस्बिर ।
+
-

जनकपुरधाम- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याइएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ।

जेठ १५ मा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेशसभालाई सम्बोधन गरेकोमा आजदेखि त्यसमाथि छलफल सुरु हुन लागेको हो।

प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको जनाएको छ।

मधेस सरकारले कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख कर्णले वाचन गरेको २७ पृष्टको नीति तथा कार्यक्रममा ‘मेड ईन मधेश, समृद्ध प्रदेश’, ‘किसानको शान, मधेशको मखान’, कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’, ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’, ‘अप्पण बच्चाके स्कूल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता कयौँ नारा समावेश छ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ मा मधेस सरकारले आफ्नो बजेट ल्याउने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…