राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव
+
-

काठमाडौँ- छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताए।

महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका चलचित्र प्रदर्शन गरिनेछन्। साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…