मोरङ – सशस्त्र प्रहरी बल मोरङले विराटनगर जोगबनीस्थित सीमावर्ती क्षेत्र १ नम्बर ढाटबाट नेपालतर्फको पर्खालमा काँडेतारले घेराबार गरेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार सामानको अवैध तस्करी हुँदै आएको जनगुनासोसँगै एक नम्बर ढाटस्थित स्वास्थ्य डेस्क राखिएको स्थानपछाडि नेपालतर्फ आइतबार सीमित क्षेत्रमातारले घेरा गरिएको हो।
सीमा क्षेत्रमा तस्करी रोक्न खटिएको सशस्त्रको टोलीले सोमबार ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको उनले जानकारी दिए।
जोगबनी नाका हुँदै दरैयाबस्ती र अन्य खुला सीमामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका कस्मेटिक, लत्ताकपडा, खाद्यान्नलगायत सामान भन्सार कार्यालय रानीमा बुझाइएको उनले बताए।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार तस्करी रोक्ने क्रममा विराटनगरतर्फको सीमा क्षेत्रमा विभिन्न पर्खाल र होटलका करिब ३७ वटा प्वालसमेत बन्द गरिएको छ।
भर्खरै
लोकप्रिय
