सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
+
-

दाङ – लमहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ४ निवासी करिब ३५ वर्षीय खिमराज तिमल्सिना छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका ७ पदमिनी खोला नजिक ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ। मृतक तिमल्सिनाको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…