फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
+
-
देशसञ्चार AI सारांश
  • फ्रान्सले कृत्रिम बौद्धिकता र डाटा सेन्टरसहित प्रविधिको क्षेत्रमा ९३ अर्ब युरोको विदेशी लगानी गर्ने घोषणा गरेको छ।
  • यस लगानीबाट फ्रान्सले १५ हजारभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्न र डाटा केन्द्रहरूमा अग्रणी बन्ने लक्ष्य राखेको छ।
  • जापानी कम्पनी सफ्टबैङ्कका मासायोसी सनले २०३१ सम्ममा ४५ अर्ब युरो उत्तरी फ्रान्सका तथ्याङ्क केन्द्रहरूमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

फ्रान्सले कृत्तिम बौद्धिकता र डाटा सेन्टरलगायतका योजनाका लागि ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको विदेशी लगानी गर्ने भएको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त योजनाको घोषणा गरेका हुन्।

उनले भने, “‘फ्रान्सलाई छान्नुहोस (चुज फ्रान्स)’ को वार्षिक बैठकको एक भागको रूपमा पहिले नै प्रतिबद्धता व्यक्त गरिएको र विगत आठ वर्षमा जम्मा भएको कूल ८७ अर्ब युरो नाघेको छ। यो देशमा प्रविधिको क्षेत्रलाई विकास गर्न प्रयोग गरिनेछ।”

म्याक्रोँले भने, “‘चुज फ्रान्स’ को यो संस्करणले फ्रान्सलाई मात्र १५ हजार भन्दा बढी रोजगारीका लागि ९३ अर्ब युरोको उच्च रकम सुनिश्चित गर्न सम्भव बनाउनेछ। यो स्पष्ट रूपमा अहिलेसम्मकै ठूलो कार्यक्रम हो र यो ऐतिहासिक छ।”

म्याक्रोँले भने, “यस वर्षको प्रतिबद्धतामा जापानी प्रविधि लगानीकर्ता सफ्टबैङ्कका मासायोसी सनबाट ४५ अर्ब युरो लगानी गर्ने प्रतिवद्धता आएको छ। यसका संस्थापक मासायोशी सोनले उक्त रकम सन् २०३१ सम्ममा उत्तरी फ्रान्सका तथ्याङ्क केन्द्रहरुमा खर्च गरिने बताउनुभएको छ।”

“ती कृत्रिम बौद्धिकता, तथ्याङ्क केन्द्र साथै सेमीकन्डक्टरसहित महत्वपूर्ण खनिज, ट्याक्टर, ट्रक, स्टिल र स्वास्थ्य सेवामा पनि खर्च गरिनेछ,” राष्ट्रपतिले भने।

राष्ट्रपति म्याक्रोँले भने, “यी परियोजनाहरूले फ्रान्सलाई डाटा केन्द्रहरू उपलब्ध गराउने अग्रणी देश’ र युरोपमा ‘कम्प्युटिङ’ क्षमता बनाउन सम्भव बनाउनेछ, साथै एआईको माध्यमबाट औद्योगिकीकरणको लागि एआई रोबोटको उत्पादनको लागि अग्रगामी आधार निर्माण गर्नेछ।

“हामी अमेरिका र चीनलेजस्तै युरोपमा कम्प्युटिङ क्षमतामा रहेको खाडललाई पूर्ण गर्न खोजिरहेका छौँ,” उनले भने।

सफ्ट बैङ्कका संस्थापक सोनले फ्रान्सलाई छनौट गर्नुको मुख्य कारण फ्रान्सको आणविक ऊर्जा भएको बताएका छन्।

अब हामी ‘बिजुलीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दै अधिक उच्च–मूल्य भएको कृत्तिम बौद्धिकतामा रूपान्तरण र निर्माणपछि निर्यात गर्न सक्छौँ,” उनले भने।

“हामीसँग फ्रान्सलाई युरोपको केन्द्र बनाउन सक्ने क्षमता छ,” सोनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…