‘काजी’: जीवन्त अभिनय र बलियो प्राविधिक पक्षबीच कमजोर पटकथाको कडी

‘काजी’: जीवन्त अभिनय र बलियो प्राविधिक पक्षबीच कमजोर पटकथाको कडी
+
-
देशसञ्चार AI सारांश
  • चलचित्र ‘काजी’ ले नेपाली समाजका परम्परागत मुद्दा र प्रेमको गहिराइलाई फरक दृष्टिकोणमा प्रस्तुत गरेको छ।
  • कथानकमा सन्तानको अभावले जन्माएको द्वन्द्व समाजको दबाब र व्यक्तिगत सम्बन्धका संवेदनालाई प्रकट गर्छ।
  • प्राविधिक पक्ष सबल भए पनि कथाको दोहरोपनले दर्शकको धैर्यताको परीक्षा लिएको महसुस गराउँछ।

काठमाडौँ- नेपाली चलचित्र बजारमा जेठ ८ गतेदेखि प्रदर्शनरत चलचित्र ‘काजी’ ले दर्शकमाझ एउटा फरक खालको प्रेम र सामाजिक परिवेशको बहस छेडिदिएको छ ।

विसं २०४५ को पृष्ठभूमिमा आधारित यस चलचित्रले तत्कालीन सामाजिक संरचना, वैवाहिक सम्बन्ध र निःस्वार्थ प्रेमको कथालाई पर्दामा उतारेको छ ।

चलचित्रमा बहुप्रतिभाशाली अभिनेता विपिन कार्कीले ‘काजी’ र स्थापित अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को मुख्य भूमिकामा जीवन्त अभिनय गरेका छन् ।

बाल्यकालमै टुहुरो बनेको काजीले मागी विवाहबाट भित्र्याएकी श्रीमतीलाई नै आफ्नो सर्वस्व मान्छ ।

“मेरो बा, आमा सबै नै श्रीमती हुन्” भन्ने उसको संवादले कजिनीप्रतिको अगाध प्रेम र समर्पणलाई प्रस्ट्याउँछ । जहाँ त्याग, सहनशीलता र मौनताको सुन्दर संयोजन देख्न पाइन्छ ।

तर, यही सुमधुर सम्बन्धमा तब भूकम्प आउँछ, जब वंश धान्ने सन्तान नहुँदा समाजले काजीलाई दोस्रो विवाहको दबाब दिन थाल्छ । काजीले श्रीमतीबाहेक कसैलाई सोच्न नसक्ने अडान लिएकै बेला कजिनीकी बहिनी (साली गरिमा शर्मा) को प्रवेशले कथामा नयाँ मोड ल्याउँछ ।

साली र काजीको सम्बन्धलाई लिएर समाजमा चल्ने हल्ला र काजीलाई गुमाउनुपर्ने डरका कारण कजिनीले एउटा झुटको सहारा लिने योजना बुन्छिन् ।

अभिनेता विपिन कार्कीका अनुसार यो एउटा यस्तो अमर प्रेमकथा हो, जसले दर्शकलाई “यतिसम्म पनि प्रेम हुन सक्छ र?” भन्ने सोच्न बाध्य बनाउँछ ।

अभिनेत्री केकी अधिकारी पनि यसलाई समाजभन्दा माथि उठेको निःस्वार्थ समर्पणको कथा मान्छिन्, जहाँ काजीजस्तो श्रीमान् पाउनु हरेक महिलाको चाहना हुन्छ ।

चलचित्र प्राविधिक रूपमा जति उत्कृष्ट छ, पटकथाको हिसाबले त्यति नै सुस्त र फितलो महसुस हुन्छ ।

निर्देशक लक्ष्मण रिजालले कथालाई सरल रूपमा प्रस्तुत गरे पनि चलचित्रको सबैभन्दा कमजोर पक्ष नै यसको पटकथा बन्न पुगेको छ ।

एउटै लयमा बग्ने घटनाक्रम र दोहोरिने दृश्यहरूले गर्दा दर्शकले धैर्यता गुमाउन सक्छन् । कजिनीले सम्बन्ध जोगाउन बोलेको झुटपछि काजीले परिस्थितिसँग जुध्नुको साटो सहज बाटो रोज्दा चलचित्रको मुख्य द्वन्द्व फितलो बन्न पुगेको छ । पात्रले समस्यासँग डटेर सामना नगर्दा दर्शकमा केही खिन्नता पैदा हुन्छ ।

तर, प्राविधिक रूपमा भने चलचित्र निकै सबल छ । छायाँकार चिन्तनराज भण्डारीले तीन दशकअघिको बिजुली नभएको युग—लालटिन र टुकी बत्तीको समयलाई असाध्यै कलात्मक शैलीमा क्यामेरामा कैद गरेका छन् । साथै, चलचित्रको पार्श्व ध्वनि र सङ्गीत पनि उत्तिकै कर्णप्रिय र बिर्सनै नसकिने खालको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…