काठमाडौँ- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
भ्रमणको सिलसिलामा रहेका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार बिहान साढे १० बजे भेटघाट हुने कार्यक्रम तय भएको छ।
पछिल्लो समय विकसित घटनाक्रमका बीच हुन लागेको यस भेटवार्तामा नेपाल-भारत सम्बन्धका थुप्रै आयामहरूका बारेमा कुराकानी हुने स्रोतले जनाएको छ।
दुई देशबीचको आपसी हित र सहकार्यका विविध पक्षहरूमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ। यस उच्चस्तरीय भेटघाटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल पनि बस्ने सम्भावना रहे पनि यस बारेमा भने अझै निश्चित भइसकेको छैन।
सभापति लामिछानेले आफ्नो भ्रमणका क्रममा हिजो मंगलबार भारतीय गृहमन्त्री अमित शाह लगायतका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।
भर्खरै
लोकप्रिय
