अ
+
अ
अ
-
काठमाडौँ – तीनकुने गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।
भेषराज दर्जी नामका ती सुकुम्बासी युवक ३६ वर्षका थिए।
गत वैशाख १२ गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासीहरूलाई विस्थापित गरेको थियो। सोही क्रममा दर्जी पनि विस्थापित भएका थिए।
विस्थापित भएपछि दर्जी कीर्तिपुरस्थित राधास्वामी सत्संगमा आश्रय लिइरहेका थिए। वीर अस्पतालकाअनुसार उनी वैशाख १८ गते साँझ ७:१५ बजे अस्पतालमा भर्ना भएका थिए।
उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर उनको स्वास्थ्यमा सुधार नआएपछि बिहीबार दिउँसो ४:२६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसअघि सुकुम्बासी बस्तीका दुई जनाले आत्महत्या गरेका थिए।
–अपडेट
भर्खरै
लोकप्रिय
