पहिरो पन्छाउन सडक आयोजनालाई दुई वटा भ्याकुलेटर सहयोग

पहिरो पन्छाउन सडक आयोजनालाई  दुई वटा भ्याकुलेटर सहयोग
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली करिडोरको दक्षिण खण्डमा भ्याकुलेटर मेशिन उपलब्ध भएपछि पहिरो पन्छाउन र सडक स्तरोन्नति गर्न सहज भएको छ।
  • पहिलाको मेशिन अभावले पहिरोका कारण सडक अवरोध हुँदा एक-दुई दिनसम्म रोकावट हुनुपर्ने समस्या थियो।
  • दुई भ्याकुलेटरमध्ये एउटा खुलालु पिलु चौर र अर्को सलीसल्ला खण्डमा पहिरो हटाउन प्रयोग गरिनेछ।

हुम्ला – कर्णाली करिेडोरको दक्षिण खण्ड कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक स्तरोन्नति गर्दै आएको सो सडक आयोजना बाजुरा कोल्टीलाई दुई वटा भ्याकुलेटर मेशिन सडक बिभागले प्रदान गरेपछि सहज भएको छ।

यो खण्डको कच्ची सडकमा पहिरोको साथै सुख्खा पहिरो समेत खसी रहने भएको कारण त्यसलाई तत्काल पन्छाउनका लागि प्रयोग गर्न बिभागले खुलालु सलीसल्ला सडक आयोजनालाई ती भ्याकुलेटर प्रदान गरेको हो।

खुलालु सलीसल्ला सडकमा खस्ने पहिरो पन्छाउन सडक बिभागबाट दुई वटा भ्याकुलेटर मेशिन प्राप्त भएको उक्त खण्डको सडकको स्तरोन्नतीको निर्माण कार्य हेर्दै आएको सडक आयोजना कोल्टीका प्रमुख बिसुनदास लामाले बताए।

प्राप्त दुई वटा भ्याकुलेटर मध्य एउटा करिडोरको खुलालु पिलु चौर सडकमा खस्ने पहिरो पन्छाउन प्रयोग गरिने छ भने अर्को पिलु चौरबाट हुम्ला जिल्लाको सलीसल्ला खण्डको सडकमा प्रयोग हुनेछ ।

यसअघि सडक आयोजनासंग आफ्नो मेशिन नभएको कारण पहिरो र खुख्खा पहिरो खस्दा मेशिन खोज्नै समय लाग्ने र एक दुई दिनसम्म सडक अवरुद्ध हुने समस्या भोग्नुपर्ने बाध्यता थियो। बिशेष गरि कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चा क्षेत्रको सडकमा बारम्बार सुख्खा पहिरो खसेर दैनिक सडक अवरुद्ध हुने समस्या समाधान गर्न सहज भएको उनले बताए।

सो क्षेत्रमा दैनिक सुख्खा पहिरो खसेर चार पाँच घण्टा सडक अवरुद्ध हुनु सामान्य जस्तै भएको थियो । यो समस्या सधै आउन थालेपछि सडक बिभागमा गएर यसको समाधानको उपाय निकाल्नका आग्रह गरेको हुम्ला जिल्लाबाट प्रतिनिधिसधामा प्रतिनिधित्व गर्नु हुने सासद जयपति रोकायाले बताए।

सडक बिभागको यो कार्यले कालीकोट, बाजुरा, मुगु र हुम्ला जिल्लामा सञ्चालन हुने यातायातका साधन र यात्रुहरुलाई सहज हुने बिस्वास उनले ब्यक्त गरे । यी दुवै खण्डको सडकमा हाल स्तरोन्न्ति  भइरहेको छ। पहिरो पन्छाउने कार्य सडक स्तरोन्न्ती गर्ने निर्माण कम्पनीको कार्य क्षेत्र भित्र नपर्ने भएको कारण मेशिनको ब्यवस्था गर्न समस्या भई रहेको बेला भ्याकुलेटर प्राप्त भएको हो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…