एसईई कप अन्तरविद्यालय रनिङ सेल फुटबल प्रतियोगिताः महेन्द्र मावि क्वाटरफाइनलमा प्रवेश

एसईई कप अन्तरविद्यालय रनिङ सेल फुटबल प्रतियोगिताः महेन्द्र मावि क्वाटरफाइनलमा प्रवेश
+
-

माेरङ – महेन्द्र मावि विराटनगर, कोशी मोडेल, आदर्श मावि, विराटनगरमा जारी एसईई कप अन्तरविद्यालयस्तरीय रनिङ सेल फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

विराटनगरको परोपकारघाट मैदानमा बिहीबार भएको पहिलो खेलमा सत्य नारायण माविलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै महेन्द्र माविले क्वाटरफाइनलको यात्रा तय गरेको हो।

महेन्द्रको जितमा विवेक खड्काले दुई गोल गरिरहँदा सत्यनारायणका लागि सुमन राजवंशीले सान्त्वना गोल फर्काएका थिए।

त्यसैगरि, दोस्रो खेलमा सनसाइन स्कुल विराटनगरलाई कोशी मोडल स्कुलले पेनाल्टी सुटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। निर्धारित ४० मिनेटको खेलमा सनसाइनका लागि सुशान्त फुयाँल, आदित्य माझीले गोल गरेका थिए।

जवाफी गोल गर्ने क्रममा कोशीका लागि भेषराज माझीले गोल गरिरहँदा अर्को गोल सनसाइनका खेलाडीबाट आत्मघाति रुपमा भएको थियो। समान दुई गोलको बराबरीमा सकिएको खेलको निर्णय पेनाल्टी सुटबा भएको थियो।

तेस्रो खेलमा विराटनगरको आदर्श माविले सुनसरीको खनारस्थित सनसाइन खनारलाई एक शुन्यले पराजित गरेको थियो। क्वाटफाइनलमा स्थान पक्का गरेको आदर्शको लागि कृष्ण यादवले निर्णायक गोल गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…