नयाँको जोश र पुरानाको अनुभवलाई समेटेर अगाडि बढ्न आग्रह

नयाँको जोश र पुरानाको अनुभवलाई समेटेर अगाडि बढ्न आग्रह
+
-
देशसञ्चार AI सारांश
  • जिल्लामा आयोजित पहिलो जिल्ला भेलाका उद्घाटन कार्यक्रममा पुराना दलका नेताहरूले रास्वपालाई मिलेर अगाडि बढ्न आग्रह गरे।

  • नयाँ नेतामा जोश भए पनि अनुभवको कमी रहेको भन्दै, पुराना दलहरूको अनुभव समेट्नुपर्ने सुझाव दिए।

  • हुम्लामा रास्वपाको पहिलो जिल्ला भेला सम्पन्न गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिएको छ।

हुम्ला– जिल्लाका पुराना राजनीति दलहरूले रास्वपा हुम्लालाई नयाँको जोस र पुरानाको अनुभवलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाको पहिलो जिल्ला भेलाको उद्घाटन कार्यक्रममा पुराना तीन वटै दलका नेताले भेलाको सफलताको शुभकामना दिँदै जिल्लाको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।

नयाँ दलका नेतामा जोश भए पनि अनुभव नभएकाले त्यो अनुभव पुराना दलसँग रहेको र त्यसलाई समेटेर अगाडि बढ्न रास्वपाका नेतालाई उनीहरूले आग्रह गरे।

सो कार्यक्रममा कांग्रेसका कावा सभापति कैलाश भणडरी, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपामा सचिव धर्मराज बोहराले जिल्ला भेलाको सफलताको शुभकामना दिदै नयाँको जोश र पुरानाको अनुभवबाट अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा रेडक्रमका प्रतिनिधि तीर्थराज रोकाया, उद्योघ बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी सामाजिक बिकास कयाृलयका प्रमुख ईश्वरबहादुर सिंहलगातले पनि शुभकामना दिएका थिए।

हुम्लामा स्थापना भएको थोरै समयमै रास्वपाको पहिलो जिल्ला भेला आयोजना गरिएको हो। प्रथम जिल्ला भेलाका लागि प्रत्येक वडाबाट दुई जना प्रतिनिधि र गाउँपालिका कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको छ।

भेलाको उद्घाटन कार्यक्रमपछि बन्द सत्र सञ्चालन हुने र त्यसले नयाँ नेतृत्व चयन गर्नेछ। उक्त पार्टीको आगामी नेतृत्वका लागि नौ जना आकांक्षीले आवेदन दिनु भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…