कोशी प्रदेशका ६ वटा पालिकामा ६ करोड ४३ लाख रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु

कोशी प्रदेशका ६ वटा पालिकामा ६ करोड ४३ लाख रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु
+
-
देशसञ्चार AI सारांश
  • कोशी प्रदेश सरकारले नवप्रवर्धन साझेदारी परियोजना अन्तर्गत छ वटा पालिकामा ६ करोड ४३ लाख रुपैयाँको कार्यक्रम सुरु गरेको छ।
  • इलामको रोङ गाउँपालिका र मोरङको सुन्दर हरैचा नगरपालिकालाई कार्यक्रमहरुमा १ करोड ५० लाख र १ करोड २६ लाख खर्च हुनेछ।
  • खोटाङको खोटेहाङ गाउँपालिकामा स्वास्थ्य सेवा कार्यक्रमका लागि ६० लाख र लिखुपिकेमा शिक्षा विकासमा ७७ लाख खर्च हुनेछ।

मोरङ – कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न ६ वटा पालिकामा नवप्रवर्धन साझेदारी परियोजनाअन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दर हरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको छ।

प्रमुख सचिव पौडेलले सम्झौता अनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय सम्बर्धन परियोजनाका लागि १ करोड ५० लाख रकम खर्च हुनेछ।

त्यसैगरी, धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई मार्केटिङ परियोजनामा १ करोड ६५ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए। सम्झौता कार्यक्रममा प्रमुख सचिव पौडेलले मोरङको सुन्दर हरैचा नगरपालिकामा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा १ करोड २६ लाख७५ हजार रुपैयाँमा सञ्चालन हुने बताए। सम्झौता अनुसार भोजपुरको सडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालनका लागि हुनेछ।

सम्झौता अनुसार खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाख रुपैयाँ र लिखुपिके गाउँपालिकाम डिजिटल शिक्षा विकास र साक्षरता कार्यक्रमअन्तर्गत ७७ लाख ६० हजार खर्च हुने बताइएको छ।

सम्झौता गरिएका कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछन्। सम्झौता कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…