उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार गम्भीर हुनुपर्छः माधव नेपाल

उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार गम्भीर हुनुपर्छः माधव नेपाल
+
-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सरकार रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा गम्भीर हुनुपर्ने बताएका छन्।

शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनमा बोल्दै उनले राज्यले लगानीमैत्री वातावरण बनाउन ध्यान दिनुपर्ने बताएका हुन्। राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र निजी क्षेत्रलाई फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको उनले बताए।

उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने गरी राज्यले कुनै नीतिहरू लिन नहुने उनको भनाइ छ। उनले उद्योग व्यवसायको प्रोत्साहन हुन नसक्दा देशभित्र रोजगारी नपाएर युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उल्लेख गरे।

नेपालले आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप छ। स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत आर्थिक सुदृढीकरण सम्भव भए पनि सरकारको त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताए।

उनले नेपालमा विशेषगरी औषधि उद्योग संकटमा परेको बताए। करिब १५० बढी औषधि उद्योग बन्द हुने अवस्था रहेको उनको भनाइ छ। यस विषयमा संसद्, राजनीतिक दल र सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए।

सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

कृषि, जलविद्युत् र खनिज स्रोतको विकास आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले उत्पादन, रोजगारी र आम्दानी वृद्धि भएमा उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए। उनले नेपालले सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र संकटमा परेको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनले सम्पन्न नेपालले खनिज, कृषि र ऊर्जा क्षेत्रमा आधारित औद्योगिक विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…